प्रकाश ज्वालाको वडामा माओवादीसंग गठबन्धन गर्दापनि समाजवादी तेस्रो

जागरण
सुर्खेत, १ जेठ ।
नेकपा एकीकृत समाजवादीका उपमहासचिव एवं कर्णाली प्रदेश इञ्चार्ज प्रकाश ज्वालाको वडामा नेपाली काँग्रेसका उमेदवारहरु विजयी भएका छन् । सल्यानको बनगाड कुपिण्डे नगरपालिका– १ को वडाअध्यक्षमा नेपाली काँग्रेसका थुमबहादुर बिसी विजयी भएका हुन् । नेकपा माओवादी केन्द्रसंग गठबन्धन गरेर लड्दा पनि समाजवादीका डम्बर बहादुर साहु तेस्रो हैसियतमा मत प्राप्त गरेका छन् । काँग्रेसका बिसीले ६२३ मत ल्याएर जितेका छन भने एमालेका दिपबहादुर खड्काले ५५७ मत ल्याएर दोस्रो भएका छन् । साहुले ४४४ मत प्राप्त गरेका छन् ।
यो नगरमा मेयर÷उपमेयरमा भने काँग्रेस, माओवादी र समाजवादीबीच गठबन्धन भएको छ । गठबन्धनका साझा उम्मेदवारको रुपमा माओवादीका कर्णबहादुर बुढाथोकी छन् भने उपमेयरका काँग्रेसका पुरुषोत्तम आचार्य छन् । करिब ३५ सय मत गणना हुँदा मेयरका उम्मेदवार बुढाथोकीले २ हजार १९८ मत पाएका छन् भने एमालेका गोविन्दकुमार पुनले १ हजार २४३ मत पाएका छन् ।