
जागरण
सुर्खेत, १ जेठ ।
सुर्खेतको वीरेन्द्रनगरमा दुई वडाको मत गणना सकिएकोमा नेकपा एमाले र नेपाली काँग्रेसले समान एक एक वडा जितेका छन् ।
वडा नं. १ मा नेपाली काँग्रेसका दिनेश खत्री र वडा नं. १६ मा नेकपा एमाले डण्डबहादुर बि.क. विजयी भएका हुन् । खत्रीले १४८५ मत प्राप्त गरेका छन भने उनका निकटम प्रतिद्वन्द्वि नेकपा एमालेका उम्मेदवार गंगाराम सुनारले १४४४ मत प्राप्त गरेका छन् । सुनार २०७४ मा एमालेबाट वडा अध्यक्षमा विजयी भएका थिए । वडा नं. १६ मा बिक ले ६०८ मत ल्याएर विजयी भएका छन् । काँग्रेसका पूर्णप्रसाद ढकालले ५८३ मत ल्याए ।
खुला महिला सदस्य र एक जना खुला सदस्यमा पनि एमालेले जितेको छ । कांग्रेसले दलित महिला सदस्य र एक खुला सदस्य जितेको छ ।
