सुर्खेतकाे चिङ्गाडमा एमाले विजयी

जागरण
सुर्खेत, ३ जेठ  ।
सुर्खेतकाे चिंगाड पालिकाकाे अध्यक्ष उपाध्यक्ष दुबैमा नेकपा एमालेका उम्मेदवार विजय भएका छन् ।
अध्यक्षमा वोधविक्रम जि.सी र उपाध्यक्षमा मिना कुमारी राेकाय विजयी भएका हुन् । अध्यक्षमा जिसीले ३५९१ मत प्राप्त गरेका छन भने उनका प्रतिद्वन्द्वि नेपाली काँग्रेसका डोर प्रसाद शर्माले ३५३० मत ल्याएका छन् । यस्तै उपाध्यक्षमा काँग्रेसकी मनमाया आचार्य पराजित भएकी छन् । उनी २०७४ मा उपमेयरमा निर्वाचति भएकी थिइन् ।
वडाहरु वडा नं १ वडा नं ४ वडा नं ५ एमाले र वडा नं २ वडा नं ३ र ६ नेपाली काँग्रेसले जितेका छन् ।