सर्खेत,३ जेठ । गठबन्धनका उम्मेदवारलाई पराजित गर्दै
जाजरकोटको भेरी नगरपालिकाको मेयरमा पुन: एमालेका चन्द्रप्रकाश घर्ती (सीपी) निर्वाचित भएका छन् । घर्ती दाेस्राे कार्यकालका लागि मेयरमा बिजयी भएका हुन् । यहाँ माओवादी र काँग्रेसले गठबन्धन गरेका थिए भने एकीकृत सामजवादी र एमाले एक्ला एक्लै प्रतिस्पर्धामा थिए । घर्तीले गठबन्धनलाई चुनाैती दिँदै ८७९ मतान्तरले जित हातपारेका छन् ।
घर्तीले ४८४२ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिस्पर्धी गठबन्धनबाट उम्मेदवार बनेका माओवादी केन्द्रका गगनबहादुर खड्काले ३९६३ मत प्राप्त गरेका छन् ।
एकीकृत समाजवादीका कमानबहादुर खड्काले ३५५९ मत ल्याए । दाेहाेरिन चाहाने अधिकांसले पराजय भाेगिरहेका बेला घर्तीले भने माओवादी काँग्रेस गठबन्धन र एमाले फुटेर बनेकाे समाजवादीले समेत राम्रै मत ल्यादा पनि जितेपछि उनकाे चर्चा भैरहेकाे छ । एमाले फुटेकाले घर्तीलाई सजिलै हराउने गठबन्धनकाे अनुमान थियाे । यस्तै पार्टी विभाजन पछि एमाले भन्दा बढी समर्थक आफ्नाे पार्टीमा रहेकाे दाबि गर्ने समाजवादीले समेत आफूले जित्ने अडकलले गठबन्धनमा मिसिएकाे थिएन् ।
उपमेयरमा भने गठबन्धनकी उम्मेदवार कांग्रेसकी सीता जैशी निर्वाचित भएकी छन् । उनले ५९८५ मत प्राप्त गरेकि छन् । उनकी प्रतिस्पर्धी एमालेकी सावित्री चन्दले ५१७२ मत ल्याएकी छन् ।
