जुम्लाको चन्दननाथमा स्वतन्त्रबाट मेयरमा विजयी


सुर्खेत, जेठ ४ ।
जुम्लाको चन्दननाथ नगरपालिकामा स्वतन्त्र उमेद्वार मेयरमा निर्वाचित भएका छन् ।
धारो चुनाव चिन्ह लिएर प्रतिस्पर्धामा उत्रिएका राजु सिंह कठायतले दलका उमेद्वारहरुलाई पछि पार्दै निर्वाचित भएका हुन् । उनले २४०३ मत प्राप्त गरेका छन् । निकटम प्रतिस्पर्धी नेपाली काँग्रेसका पदमबहादुर शाहीले २३२२ मत प्राप्त गरेका छन भने एमालेका धर्मेन्द्र रोकायले १५७० र नेकपा माओवादी केन्द्रका जिवन बहादुर बुढथापाले १४२६ मत प्राप्त गरेका छन् । उपप्रमुखमा भने नेपाली काँग्रेसकी राम देवी खड्का २७७६ मत प्राप्त गरेर विजयी भएकी छन् । उनका निकटतम प्रतिस्पर्धी एकीकृत समाजवादीका भिम बहादुर थापाले १६७६ मत ल्याएका छन् ।