वीरेन्द्रनगरमा काँग्रेस र एमालेको कडा टक्कर

सुर्खेत, ४ जेठ (जागरण) । कर्णाली प्रदेशको राजधानी समेत रहेको सुर्खेत वीरेन्द्रनगरको मतगणना जारी छ । अहिलेसम्म प्राप्त मत परिणाम अनुसार काँग्रेस एमालेबिच कडा टक्कर देखिएको छ ।
अहिलेसम्मको मतगणना हुँदा एमालेबाट मेयरका उम्मेद्वार मोहनमाया ढकालले १२ हजार ३० मतका साथ अग्रह स्थानमा हुनुहुन्छ भने भने काँग्रेसबाट मेयरका उमेद्वार उपेन्द्र बहादुर खड्काले ११ हजार ८ सय ४० मत ल्याएर पछ्याइरहनुभएको छ । मतअन्तर १९० को मात्र फरक रहेको छ ।
त्यसैगरी राप्रपाबाट मेयरका उमेद्वार बनेका मुकुन्दश्याम गिरीले ६ हजार पाँच सय ५२ मत ल्याएर तेश्रो स्थानमा हुनुहुन्छ ।
त्यसैगरी, उपमेयरमा एमालेबाट उमेद्वार बनेका निलकण्ठ खनाल जिततर्फ उन्मुख हुनुभएको छ । उहाले १५ हजार ३ सय ४५ मत ल्याएर अगाडी बढीरहनुभएको छ, भने गठबन्धका उपमेयरका उमेद्वारले ८ हजार ७ सय द’इ मत पाउनुभएको छ । अहिले वडा नम्बर ७ र ११ को मतगणना जारी छ । भने वडा नम्बर ८,९ र १० गणना हुन बाँकी रहेको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।