सुर्खेत, ४ जेठ (जागरण) । कर्णालीका ७९ वटा पालिका मध्य ६५ पालिकाको मतपरिणाम सार्बजनिक भएको छ । प्राप्त मत परिणाम अनुसार २९ पालिका जित्दै नेपाली काँग्रेस अग्रह स्थानमा छ भने १९ पालिका जितेर माओवादी दोश्रो स्थानमा रहेको छ ।
२०७४ को स्थानीय तहमा २७ पालिका जितेको नेकपा एमाले भने १० पालिकामा खुम्चिएको छ । एकिकृत समाजवादी पार्टीले तिन पालिकामा विजयी प्राप्त गर्दा स्वतन्त्रबाट ४ पालिका जितेका छन ।
प्रदेशका अब १४ पालिकाको मत परिणाम आउन बाँकी छ । ति पालिकाहरुमा पनि अहिले मतगणना जारी छ ।
जारी मतगणनाअनुसार नेकपा (एमाले) ले ६ ठाउँमा अग्रता लिइरहेको छ भने नेकपा माओवादी केन्द्रले ४ र कांग्रेसले तिन पालिकामा अग्रता लिइरहेको छ ।
