दैलेखका सबै स्थानीय तहको अन्तिम मतपरिणाम सार्बजनिक

दैलेखका सबै स्थानीय तहको अन्तिम मतपरिणाम सार्बजनिक भएको छ । प्राप्त मत परिणाअनुसार पाँच वटा पालिकामा काँग्रेस विजयी भएको छ भने ४ वटा पालिकामा एमाले विजयी भएको छ ।
यस्तै, दुईवटा पालिकामा भने नेकपा माओवादी केन्द्रले जित हात पारेको छ ।
जस अन्तरगत नारायण नगरपालीका नगर प्रमुखमा एमालेका लोमन शर्मा । नगर उपप्रमुखमा एमालेकै तप्ता थापा विजयी हुनुभएको छ ।
दुल्लु नगरपालीकाको नगर प्रमुखमा काँग्रेसका भरत रिजाल र नगर उपप्रमुखमा एमालेका विना कार्की विजयी हुँदा आठबिस नगरपालीकामा नगरप्रमुखमा तर्क बडुवाल र नगर उपप्रमुखमा एमालेकै कल्पना थापा विजयी हुनुभएको छ ।
यस्तै, चामुन्डा बिन्द्रासैनी नगरपालीकाको मेयरमा नेपाली काँग्रेसका गणेशबहादुर शाही र उपप्रमुखमा नेपाली काँग्रेसकै मनसरा शर्मा विजयी हुनुभएको छ ।
यता, गुँरास गाउँपालीकाको अध्यक्षमा एमालेका टोप बहादुर विसी र उपाध्यक्षमा एमालेकै शिवा कुमारी खड्का निर्वाचित हुँदा डुङ्गेश्वर गाउँपालीका पनि एमालेकै सुन्दर केसी अध्यक्षमा निर्वाचित हुनुभएको छ भने उपाध्यक्षमा पनि एमालेबाटै कलावती न्यौपानेले जित हात पार्नुभएको छ ।
यसैबिच, महाबु गाउँपालीकाको अध्यक्षमा नेपाली काँग्रेसका लछुमन गुरुङ्ग र उपाध्यक्षमा नेपाली काँग्रेसकै मञ्जु पाण्डे, ठाँटीकाँध गाउँपालीकाको अध्यक्षमा काँग्रेसकै रक्षबहादुर शाही र उपाध्यक्षमा एमालेका देवीराम बडुवाल निर्वाचित हुनुभएको छ ।
यता, भगवतीमाइ गाउँपालीकामा भने नेकपा माओवादी (केन्द्र) बाट गणेश थापा अध्यक्षमा निर्वाचित हुँदा उपाध्यक्षमा भने नेपाली काँग्रेसका मिना थापा खड्का विजयी हुनुभएको छ ।
भैरवी गाउँपालीकाको अध्यक्षमा काँग्रेसका रिता शाही र उपाध्यक्षमा काँग्रेसकै देवी भण्डारी विजयी हुनुभएको छ भने नौमुले गाउँपालीकाको अध्यक्षमा नेकपा माओवादी (केन्द्र) का छवी सुवेदी र उपाध्यक्षमा एकिकृत समाजवादी पार्टीका गंगबहादुर शाही विजयी हुनुभएको निर्वाचन आयोगले जनाएको छ ।