कर्णालीका सबै पालिकाको नतिजा सार्बजनिक

सुर्खेत, ७ जेठ (जागरण) । नेकपा एमालेले कर्णालीमा सबैभन्दा बढी क्षति बेहोरेको छ ।
२०७४ सालमा पहिलो दल बनेको एमाले अहिले तेस्रो नम्बरमा खुम्चिएको छ । कर्णालीका ७९ वटै पालिकाको मत परिणाम नतिजा सार्बजनिक हुँदा सबैभन्दा लाभ कांग्रेसलाई भएको छ ।
कांग्रेसले ३३ वटा पालिकामा जित हासिल गरेको छ । दोश्रो स्थानमा रहेको माओवादीले २३ वटामा र एमालेले १५ मा जितेको छ भने पाँच पालिका स्वतन्त्रले जितेका छन् ।
२०७४ को स्थानीय तह निर्वाचनमा कर्णालीमा एमालेले २७ पालिका जितेको थियो । अहिले १२ गुमाएको हो । कांग्रेस र माओवादी केन्द्रले भने समान २५ पालिका जितेका थिए ।
गठबन्धन गर्दा पनि माओवादी केन्द्रले दुई पालिका गुमाएको छ । एमाले कर्णालीका पाँच जिल्लामा शून्य भएको छ । हुम्ला, जुम्ला, कालीकोट, रुकुम–पश्चिम र मुगुमा एमालेले एउटा पालिकामा पनि जित निकाल्न नसकेको हो ।