सुर्खेत, ९ जेठ (जागरण) । निर्वाचनबाट कर्णालीका स्थानीय तहको नेतृत्वमा महिलाको उपस्थिति न्युन देखिएको छ ।
बैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा प्रदेशका ७९ वटा स्थानीय तहहरु मध्ये प्रमुख ÷उपप्रमुख तथा अध्यक्ष ÷उपाध्यक्षगरी ५८ जना महिला जनप्रतिनिधिहरु निर्वाचित भएका हुन् ।
जसमध्ये सल्यान ६, जाजरकोट ४, रुकुमम पश्चिम ५, हुम्लामा २, मुगुका २, डोल्पा ७, जुम्लामा ८, कालिकोट ४, दैलेख १०, सुर्खेतका १० जना महिला प्रमुख तथा उपप्रमुख पद्मा निर्वाचित भएकका छन् ।
७९ वटा स्थानीय तहहरु मध्ये कर्णाली प्रदेशको राजधानी समेत रहेको सुर्खेतको विरेन्द्रनगर नगरपालिका र दैलेको भैरवी गाउँपालिकाको प्रमुख पद्मा महिला निर्वाचित भएका छन् ।
११ वटा स्थानीय तहरहेको दैलेखमा एउटा पालिकाको अध्यक्ष र उपाध्यक्ष महिला छन् भने दुइ वटा पालिकोे अध्यक्ष र उपाध्यक्ष पदमा पुरुष निर्वाचित भएका छन् ।
भैरवी गाउँपालिका अध्यक्षमा रिता कुमारी शाही निर्वाचित हुनुभएको छ । भने उपाध्यक्षमा देवि भण्डारी हुनुहुन्छ । ठाँटिकाधँ र नौमुले गाउँपालिमा पुरुषले नेतृत्व गरिरहेका छन् ।
१० वटा स्थानीय तह रहेको सल्यानमा ४ वटा स्थानीय तहको नेतृत्व पुरुषले लिइएका छन् ।
त्यसमध्ये, वनगाड कुपिण्डे नगरपालिका, सिद्धकुमाख, कुमाख गाउँपालिका र कपुरकोट गाउँपालिकामा प्रमुख ÷उपप्रममुख, अध्यक्ष र उपाध्यक्ष पुरुष लिइएका हुन् ।
अन्य ६ वटा स्थानीय तहमा भने उपाध्यक्ष पद्मा महिला जनप्रतिनिधि निर्वाचित भएका छन् ।
७ वटा स्थानीय तहरहेको जाजरकोटमा ३ वटा छेडागाड नगरपालिका, जुनिचादे गाउँपालिका र बारेकोट गाउँपालिकाको प्रमुख ÷उपप्रममुख, अध्यक्ष र उपाध्यक्ष पुरुष लिइएका छन् । भने अन्य ४ वटा पालिकाको उपाध्यक्षमा महिला निर्वाचित भएका छन् ।
६ वटा स्थानीय तह रहेको रुकुम पश्चिममा मुसिकोट नगरपालिकाको उपप्रमुख बाहेका अरु सबै पालिकाको उपप्रमुख र उपाध्यक्ष पदमा महिला छन् ।
सात स्थानीय तहरहेको हुम्लामा, हुम्लाको सिमकोट र चंखेली गाउँपालिकामा बाहेक अन्य ५ पालिकामा पुरुष अध्यक्ष र र उपाध्यक्ष रहेका छन् ।
चार वटा स्थनीय तह रहेको मुगुमा २ वटाका पालिकाको उपाध्यक्ष महिला छन् । आठ वटा स्थानीय तहरहेको डोल्पामा छार्का ताङसुङ गाउपालिकामा बाहेक, अन्य सातवटामा उपप्रमुख र उपाध्यक्ष पद्मा महिला छन् ।
यस्तै ९ वटा स्थानीय तह रकेको कालीकोटमा ५ वटा स्थानीय तहका प्रतिनिधित्व पुरुषको छ भने । अन्य ४ वटा पालिकाका मात्रै उपप्रमुख तथा उपाध्यक्ष पद्मा महिला निर्वाचित भएका छन् । संविधानले हरेक तहमा महिला सहभागिता ३३ प्रतिशतको कुरा गर्छ ।
