चिङ्गाडका जनप्रतिनिधिको पहिलो निर्णयः नमूना विद्यालय सञ्चालन


सुर्खेत, ९ जेठ ।
सुर्खेतको चिंगाड गाउँपालिकाले गाउँपालिकामा एउटा विद्यालयलाई नमूना विद्यालयका रुपमा विकास गर्ने भएको छ ।
गाउँपालिकाका अध्यक्ष बोध विक्रम जिसी र उपाध्यक्ष मिना कुमारी रोकायले सोमबार पदभार ग्रहण गरेपछि पहिलो निर्णयका रुपमा गाउँपालिका भित्र एक वटा नमूना विद्यालय सञ्चालन गर्ने निर्णय गरेको हो । गाउँपालिकाभित्र रहेका माध्यामिक विद्यालय मध्य एक विद्यालय छनौट गरी प्राविधि शिक्षा र उत्पादनमूलक कार्यक्रम सञ्चालन गर्ने पालिकाको योजना छ । त्यसका लागि ‘अध्यक्ष नमूना विद्यालय कार्यक्रम सञ्चालन गर्ने’ निर्णय गरेको गाउँपालिका अध्यक्ष बोधविक्रम जिसीले जानकारी दिनुभयो । नमूना विद्यालय सञ्चालनका लागि निश्चित कार्यविधि बनाइने र सोही अनुसार कार्यक्रम सञ्चालन गर्ने जिसीले बताउनुभयो । यस्तै चिंगाडका छ वटै वडा जोड्ने चक्रपथ निर्माण गर्नेपनि निर्णय गरिएको छ । मुख्य निर्वाचन अधिकृतबाट आइतबार सपथग्रहण गर्नुभएका अध्यक्ष जिसीले सोमबार उपाध्यक्ष, वडा अध्यक्ष र सदस्यहरुलाई सपथ खुवाउनुभएको हो ।