वीरेन्द्रनगर वडा नं ८ ले अपांगता भएका व्यक्तिहरुको निशुल्क विमा गरिदिने

सुर्खेत, ११ जेठ ।
वीरेन्द्रनगर नगरपालिकाको वडा नं. ८ ले अपांगता भएका व्यक्तिहरुको निशुल्क स्वास्थ्य विमा गरिदिने भएको छ ।
वडाका नव निर्वाचित जनप्रतिनिधिहरुले बुधबार पदभार ग्रहण गरेपछि बसेको पहिलो वैठकले वडाका स्थायी वासिन्दा अपांगता भएका व्यक्तिहरुको निशुल्क स्वास्थ्य विमा गर्ने निर्णय गरेका हुन् । यस्तै पक्षघात, मुटु, मृगौला, क्यानसर पीडितहरुको पनि निशूल्क स्वास्थ्य विमा गर्ने निर्णय गरिएको छ । यस्तै वडाको समग्र बिकासको लागि वडा प्रोफाईल तयार गरेर काम गर्ने वडा अध्यक्ष टिकाराम शर्माले बताउनुभयो । पदभार सम्हालेपछि अध्यक्ष शर्माले सबै मतदाताहरुले गरेको विश्वासलाई पूरा हुने गरी काम गर्ने प्रतिबद्धता जनाउनुभयो । पदभार ग्रहण कार्यक्रममा उपस्थित नगर उपप्रमुख मोहनमाया भण्डारी र उपप्रमुख निलकण्ठ खनालले वडाको विकासका लागि नगरपालिकामाबाट पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।