सिम्ता गाउँपालिकाका अध्यक्ष चन्दको सम्पती विवरण सार्वजनिक



सुर्खेत, ११ जेठ ।
सिम्ता गाउँपालिका अध्यक्ष ऐन बहादुर चन्दले आफ्नो सम्पत्ती विवरण समेत सार्वजनीक गर्नुभएको छ ।
अध्यक्ष चन्दले बुधबार पदभार सम्हाले लगतै सम्पती विवरण सार्वजनिक गर्नुभएको हो । अध्यक्ष चन्दको नाममा, मोटरसाईकल एक थान, सांग्रीला बैंकमा नगद मौज्दात, ८ हजार ३ सय ६२ रुपैया आफ्नो नाममा कुनै पनी ठाउँमा जग्गा नभएको उहाँले सार्वजनीक गरेको सम्पत्ती विवरणका उल्लेख गरिएको छ । यसैगरी बुवा शेर बहादुर चन्दको नाममा कित्ता नम्वर ६ घ ६९, ७ घ ६२, ७ घ १३६, ७ घ १३८, ७ घ ६१ को जगा र करीव ५ रोपनी एैलानी जग्गा र ४ कोठे कच्ची घर रहेको उल्लेख गरिएको छ । अध्यक्ष चन्दको आमाको नाममा करीव साढे १ तोला सुन र ५ तोला चाँदी, श्रीमती गोपी मैँया (मल्ल) चन्दको नाममा करीव साढे २ तोला सुन, छोरा दिपेन्द्र कुमार चन्दको नाममा पाखोबारी, करीब १ लाख पचास हजार नगर मौज्दात, १ थान मोटर साईकल रहेको छ भने बुहारी जयन्ती (मल्ल) चन्दको नाममा सिम्ता ५ आलिमा भाँडा पसल डेढ तोला सुन रहेको अध्यक्ष चन्दले सार्वजनीक गरेको सम्पत्ती विवरणमा उल्लेख गरिएको छ ।
विपन्नको निशुल्क स्वास्थ्य बीमा गरिने
सिम्ता गाउँपालिकाका अध्यक्ष ऐन बहादुर चन्द र उपाध्यक्ष गोमा शर्माले पदभार ग्रहणपछि गाउँपालिकाका अति विपन्न नागरिहरुको निशुल्क स्वास्थ्य विमा गर्ने निर्णय गर्नुभएको छ । सिम्ता गाउँपलिकाका विपन्न नागरिकहरुले समय समयमा आई पर्ने विभिन्न महामारी, सर्ने तथा नसर्ने रोगहरुबाट अकालमा ज्यान गुमाउनु पर्ने अवस्था रहेको कारण नागरिकहरुलाई सहायता प्रदान गर्नका लागी निशुल्क स्वास्थ्य विमा कार्यक्रम गर्ने निर्णय गरिएको गाउँपालिका अध्यक्ष चन्दले जानकारी दिनुभयो ।
सिम्ता गाउँपालिकाले गरेको गरीवी नक्साङ्कनमा ३९ प्रतिशत नागरिकहरु गरीविको रेखामुनी रहेका छन । गाउँपालिकाले तयार गरेको गरीवी नक्सांकनका आधारमा निशुल्क स्वास्थ्य बिमाको कार्यक्रमलाई अगाडी बढाईने प्रमुख प्रशाशकिय अधिकृत ओम प्रकाश देवकोटाले जानकारी दिनुभयो । यस्तै बाँखर्क सालझरी हुदै चिङ्गाड गाउँपालिकाको बादशाला जोड्ने सडक निर्माण कायलाई अगाडी बढाउने निर्णयमा अध्यक्ष चन्दले हस्ताक्षर गर्नुभएको छ ।