सुर्खेत, १३ जेठ (जागरण) । कर्णाली प्रदेश सरकारले चालु आर्थिक वर्ष २०७८÷०७९ को १० महीनामा २५ प्रतिशत मात्र खर्च गरेको छ ।
चालु आर्थिक वर्षको वैशाखसम्म २२ प्रतिशत खर्च गरेको कर्णाली प्रदेश सरकारले वैशाखमा ३ प्रतिशत खर्च गरेर २५ प्रतिशत पु¥याएको हो ।
सरकारले चालु आर्थिक वर्षमा ३६ अर्ब ५७ करोड ९७ लाख रुपैयाँको बजेटमध्ये बैशाख मसान्तसम्म ९ अर्ब ५८ करोड ७६ लाख ७९ हजार ६ सय ४५ रुपैयाँ मात्र खर्च गरेको छ ।
जसमा विकास बजेट ४ अर्ब ८७ करोड ८० लाख ९५ हजार ६५३ रुपैयाँ अर्थात २१ दशमलव २१ प्रतिशत मात्र खर्च भएको छ ।
प्रदेश लेखा नियन्त्रकको कार्यालयका अनूसार चालु वर्ष सबैभन्दा कम मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले १० दशमलव ८२ प्रतिशत बजेट खर्च गरेकोमा विकास बजेट १४ दशमलव ७८ प्रतिशत मात्र सकिएको छ ।
प्रदेश व्यवस्थापिकाको ५६ दशमलव ७१ प्रतिशत, भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालयले जम्मा १८ दशमलव २० प्रतिशत बजेट खर्च गरेको छ । मन्त्रालयले यो वर्ष ११ अर्ब २३ करोड २९ लाख रुपैयाँ विनियोजन गरेको छ ।
यस्तै, सामाजिक विकास मन्त्रालयका लागि ५ खर्ब ८६ करोड रुपैयाँ विनियोजित भएकोमा ३९ दशमलव ५८ प्रतिशत बजेट खर्च गरेको छ ।
उद्योग पर्यटन, वन तथा वातावरण मन्त्रालयले ३० दशमलव १७ र भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले ३४ दशमलव ४२ रकम मात्र खर्च गरेको प्रदेश लेखा नियन्त्रकको कार्यालयले जनाएको छ ।
प्रदेश लोकसेवा आयोगको ४४ दशमलव ९३, मुख्यन्याधिवक्ताको कार्यालयको ७४.२३ प्रतिशत, आर्थिक मामिला तथा योजना मन्त्रालयको ५० दशमलव ०५ प्रतिशत, जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयको २२ दशमलव २४ प्रतिशत विकास बजेट खर्च गरेका छन् ।
यस्तै, आन्तरिक मामिला तथा कानून मन्त्रालयको ३१ विकास बजेट ८७ प्रतिशत, कर्णाली योजना आयोगको १७ विकास बजेट ७९ प्रतिशत र कर्णालीका ७९ वटा स्थानीय तहले ३७ विकास बजेट ६८ प्रतिशत बजेट खर्च गरेका प्रदेश लेखा नियन्त्रकको कार्यालयले जनाएको छ ।
वैशाख समान्तसम्म कर्णाली प्रदेशमा २८ करोड ८४ लाख २९ हजार १४ रुपैयाँ राजश्व संकलन भएको प्रदेश लेखा नियन्त्रकको कार्यालयले जनाएको छ ।