कक्षा ११ मा पुरानै पाठ्यक्रम

सुर्खेत, १२ असार । यस वर्ष कक्षा ११ मा भर्ना हुने विद्यार्थीले पुुरानै पाठ्यक्रमअनुसार अध्ययन गर्ने भएका छन् । शिक्षा मन्त्रालयले विद्यालय तहको नयाँ पाठ्यक्रमको प्रारूप पारित गरे पनि पूर्ण नभएकाले पुरानै पाठ्यक्रमअनुसार अध्यापन गराउने निर्णय गरिएको पाठ्यक्रम विकास केन्द्रले जनाएको छ ।
पाठ्यक्रमको प्रारूप पारित भएपछि मन्त्रालय र केन्द्रका अधिकारीले समेत यसै वर्षदेखि नयाँ पाठ्यक्रम कार्यान्वयन गर्ने बताएका थिए। यसबाट विद्यार्थी, अभिभावक र स्कुुल सञ्चालक दुुविधामा परेका थि ए। अहिले भने केन्द्र पूर्वयोजनाबाट पछि हटेको छ ।
प्रारूपअनुुसार नयाँ पाठ्यक्रम तयार हुुने क्रममा रहेको र यसबारे विद्यालयहरूसँग पनि प्रतिक्रिया लिनुुपर्ने भएकाले तत्काल नयाँ पाठ्यक्रम लागू गर्न नसकिएको केन्द्रका कार्यकारी निर्देशक कृष्णप्रसाद काप्रीले जानकारी दिनुभयो । उहाँका अनुुसार नयाँ पाठ्क्रमसम्बन्धमा सुुझाव संकलन गर्न केही विद्यालयमा परीक्षण गरिनेछ ।
पाठ्यक्रम परीक्षण गरिने विद्यालयमा पुुरानै पाठ्यक्रमअनुुसार पठनपाठन र वार्षिक परीक्षा सञ्चालन हुने उहाँले बताउनुभयो । ‘यो वर्षको पढाइ र वार्षिक परीक्षा पुुरानै पाठ्यक्रमअनुुसार हुुन्छ । यसमा कोही पनि दुुविधामा नपर्न अनुुरोध गर्छुु’, उहाँले भन्नुभयो । तर अध्यापन सुरु भएपछि नयाँ पाठ्यक्रम स्वीकृत भए कार्यान्वयन गर्ने सम्भावना न्यून रहेको उहाँले बताउनुभयो । केन्द्रले अहिले विज्ञमार्फत ३० विषयको पाठ्यक्रम तयार पारिरहेको छ। शिक्षामन्त्री अध्यक्ष रहेको पाठ्यक्रम विकास तथा मूल्यांकन परिषद्ले पारित गरेको प्रारूप शिक्षाविद् र सरोकारवालाको असहमतिले अन्योलमा छ । प्रारूप जेठ १८ गते पारित भएको थियो ।
मन्त्रीस्तरीय निर्णयबाट स्वीकृत प्रारूपलाई मन्त्रिपरिषद्बाट पारित गराउने शिक्षामन्त्री गिरिराजमणि पोखरेलको योजना पनि शिक्षाविद्को असहमतिका कारण रोकिएको छ । विशेषगरी कक्षा ११ र १२ मा गणित विषय अनिवार्यबाट हटाउने प्रारूपको प्रावधानप्रति विज्ञहरू असहमत छन् ।
केन्द्रले गत वर्ष कक्षा १० को पाठ्यक्रम परिमार्जन गरेको थियो । त्यसैअनुसार यस वर्ष कक्षा ११ को पाठ्यक्रम परिमार्जन गर्नुपथ्र्यो । आवश्यक तयारी नगर्दा परिमार्जन र कार्यान्वयन हुन सकेन । प्रारूपअनुसार कक्षा ११ र १२ मा अध्यापन गराइने विषय र त्यसपछि विश्वविद्यालयमा विद्यार्थीले अध्ययन गर्ने विषय मेल नखाएको दाबी गर्दै शिक्षाविद्हरूले असहमति जनाएका छन् । यथास्थितिमै पाठ्यक्रमको प्रारूप पारित गरी कार्यान्वयन गरे कक्षा ११ र १२ पछि विद्यार्थीलाई विश्वविद्यालयमा उच्च शिक्षाको ढोका बन्द हुने चेतावनी उनीहरूले दिएपछि मन्त्रालय अन्योलमा छ ।

अन्नपुर्ण ।