तारा एयरको विमान मुस्ताङको मानापाथी हिमालको फेदीमा भेटियो

पोखरा, १५ जेठ (जागरण) । आइतबार विहान सम्पर्कविहीन भएको तारा एयरको विमान मुस्ताङको मानापाथी हिमालको फेदीमा रहेको भेटिएको छ ।
स्थानीयले हिमालको फेदमा पहिरो गइरहेको ठाउँ मुनि जहाज दुर्घटना भएको भनी खबर गरेको नेपाली सेनाका प्रवक्ता सहायक रथी नारायण सिलवालले बताउनुभयो ।
जहाज दुर्घटना भएको सूचनापछि सबै फौजलाई त्यसतर्फ केन्द्रित गराइएको भन्दै उहाले त्यहा टोली पुगिनसकेको बताउनुभयो । उहाका अनुसार नेपाली सेनाको हवाइ फौज कोभाङ भन्ने स्थानमा छ, अहिले स्थानीयले दुर्घटना भएको भनेको स्थानदेखि यो कम्तीमा तीन घन्टाको दूरीमा पर्छ ।
पोखराबाट जोमसोम जाँदै गरेको तारा एयरको विमान म्याग्दीको घोडेपानी क्षेत्रबाट विहान १०ः०७ पछि सम्पर्कविहीन भएको थियो ।