संघीय सरकारको ल्याएको बजेटका विषयमा कर्णालीमा मिश्रीत प्रतिक्रिया

नन्द कठायत ।
सुर्खेत, १७ जेठ (जागरण) । संघीय सरकारको प्रस्तुत गरेको बजेटका विषयमा कर्णालीका सरोकारवालाहरुले मिश्रीत प्रतिक्रिया दिएका छन ।
कतिले बजेटको कार्यान्वयनमा जोड दिएका छन भने कतिले कर्णालीलाई खासै छुन नससकेको प्रतिक्रिया दिएका हुन ।
सरकारले आइतबार प्रस्तुत गरेको बजेटमा निर्वाचन लक्षित देखिएको भन्दै कर्णालीका भित्रि समस्याहरुलाई छुन नसकेको बताएका हुन ।
कृषकहरुले भने विगतका वर्षहरु भन्दा यो आर्थीक वर्षको बजेटमा कृर्षी क्षेत्रमा केही रुपमा सम्बोधन गरेको प्रतिक्रिया दिएका छन । यसको कार्यान्वयनमा भने जोड दिनुपर्ने उनिहरुको भनाई छ ।
सल्यानको सारदा नगरपालिका १५ का कृषक लोगकृष्न भट्टराईले अनुदानको कुरा बजेटमा गरिएपनि वास्तविक किसानले अनुदान नपाएको कर्णाली रैबारसँग बताउनुभयो ।
यता, महिला तथा बालबालिकाको संरक्षण, उनीहरुको प्रवद्धन र हक अधिकारको कुरा बजेटमा स्पष्ट नभएको अधिकारकर्मीहरुले बताउछन ।
महिला तथा बालबाबालीकाको क्षेत्रमा काम गर्दै आएको आवाज सस्थाकी कार्यकारी निर्देशक पवित्रा शाहीले सामाजिक पक्षलाई पहिलेको सरकारले गौरव साली योजनाकै रुपमा लिइएको भएपनि यो बजेटले विशेष ध्यान नदिएको प्रतिक्रिया दिनुभयो ।
यस्तै, कर्णाली प्रदेशमा क्रियासिल राजनितिक दलहरुले भने आफ्नो अनुकुलको प्रतिक्रिया दिएका छन ।
नेकपा एमाले कर्णाली प्रदेश अध्यक्ष विनोद शाहले कर्णालीको आवश्यकतालाई सम्बोधन गर्न भन्दा पनि सरकारले निर्वाचनमुखी बजेट ल्याएको बताउनुभयो । उहाँका अनुसार बजेट अप्रत्याशिलो र व्यवहारमा जाने खालको छैन ।
यस्तै, नेपाली काँग्रेसका प्रदेश सभापति ललिजगं शाहीले पनि कर्णालीको समग्र जति आयोजना भनिएको छ त्यसमा कुनै पनि आयोजना बजेटमा व्यक्त नगरिएको बताउनुभयो । कर्णालीको जडिबुडी, पर्यटन र कृषी क्षेत्रमा छुट्याइएको बजेट प्रयाप्त नभएको सभापति शाहीको भनाई छ ।
सरोकारवालाहरुले कर्णालीलाई समेटेर बजेटमा भनिएको कुराहरूले कर्णालीको गरिबी घटाउने र अन्य सन्दर्भबाट हेर्दा खासै नछुने बताएका छन् ।