कार्यान्वयन हुने खालका कार्यक्रम मात्र ल्याउन कर्णालीका सांसदहरुको सुझाव


जागरण
सुर्खेत, १८ जेठ ।
कर्णाली प्रदेशसभा सदस्यहरुले आगामी आर्थिक बर्ष २०७९÷८० का लागि कार्यान्वयन हुने खालका योजना मात्रै नीति कार्यक्रम बजेटमा समेट्न सुझाव दिएका छन ।
प्रदेश सभामा पेश भएको बजेटका प्रथामिकत र सिद्धान्तमाथी छलफलमा मंगलबारको बैठकमा भाग लिएका प्रदेशसभा सांसदहरुले यस्तो सुझाव दिएका हुन ।
उनीहरुले विगतमा नीति कार्यक्रम र बजेट महत्वकांक्षी ल्याउने तर कार्यान्वयन हुन नसक्ने अवस्था यो पटक नदोहोर्याउन आग्रह गरेका छन् । एमालेबाट प्रतिनिधित्व गर्ने सांसद दानसिंह परियारले विगतमा ल्याइएका नीति कार्यक्रमहरु कार्यान्वयन हुन नसकेको अवस्थामा नयाँ कार्यक्रम थप्ने मात्रै काम सरकारले गरिरहेको बताउनुभयो ।
उहाँले कर्णालीको ५२ प्रतिशत जनसंख्या गरिबीको रेखामुनी रहेको भन्दै अहिलेसम्म गरिबी न्युनिकरणमा सरकारले चासो नदिएको जिकिर गर्नुभएको छ ।
सांसद पद्मा खड्काले पञ्चबर्षिय योजना एकातिर र नीति कार्यक्रम र बजेट अर्कोतिर ल्याउन खोजिएको टिप्पणी गर्नुभयो । उहाँले प्राथमिकतामा आर्थिक उत्पादनमा जोड नदिइएको भन्दै जनताको आर्थिक अवस्था उकास्ने खालको बजेट आउनुपर्ने सुझाव दिनुभयो । नेपाली काँग्रेसका सांसद दिनबन्दु श्रेष्ठले बहुबर्षिय योजना कार्यान्वयनमा ध्यान दिन सकारको ध्यानाकर्षण गराउनुभएको छ । उहाँले बजेटका प्राथामिकताले सबै क्षेत्रलाई समेट्न खोजेको भन्दै त्यही अनुसार नीति कार्यक्रम बजेट आउनेमा ढुक्क रहेको बताउनुभयो ।
माओवादी केन्द्रका सांसद नरेश भण्डारीले आरोप प्रत्यारोप गरेर समृद्धि हासिल हुन नक्ने भन्दै समृद्धिका बाधकहरु चिर्दै जानुपर्नेमा जोड दिनुभयो । शिक्षा क्षेत्रमा जोड दिएर नीति कार्यक्रम र बजेट ल्याउन उहाँको सुझाव छ । संबैधानिक दायित्व एकातिर र बजेट अर्कोतिर हुन नहुनेमा उहाँले बताउनुभयो ।
सांसदहरुले उठाएको प्रश्नहरुको जफाव दिँदै आर्थिक मामिला तथा योजना मन्त्री बिन्दमान विष्टले सन्तुलित विकासका
े अवधाराणाका अधारमा बजेट ल्याइने आश्वासन दिनुभएको छ । विनियोजन विद्येयक सिद्धान्त र प्रथामिकतामाथीको छलफल सकिएको छ । संसदको अर्को बैठक बुधबार दिउसो तिन बजे बस्नेछ ।