कार्यपालिका निर्वाचनमा भत्कियो माओवादी काँग्रेस गठबन्धन


सुर्खेत, १८ जेठ ।
सुर्खेतको चौकुने गाउँपालिकाको निर्वाचनमा भएको नेकपा माओवादी र नेपाली काँग्रेसबीचको गठबन्धन कार्यापालिका निर्वाचनमा भत्किएको छ ।
बुधबार भएको निर्वाचनमा माओवादीले काँग्रेसलाई धोका दिँदै नेकपा एमालेसंग गठबन्धन गरेको हो । कार्यपालिका सदस्य निर्वाचनमा खुल्ला सदस्य दुई जना नेकपा एमालेबाट शंकरबहादुर कामी र नेकपा माओवादी केन्द्रबाट उज्जीरे ढोली निर्वाचित भएका छन ।
यस्तै कार्यपालिकाको महिला सदस्य एमालेबाट कमला देवि बिक निर्वाचित भएकी छन भने नेकपा माओवादी केन्द्रबाट अम्बि बिक, पदमादेवि बिक र हजुरा कुमारी बिष्ट विजयी भएका छन् । पाकिला निर्वाचनमा भने अध्यक्ष माओवादी र उपाध्यक्ष काँग्रेस गठबन्धन गरेर लडेका थिए ।