वाम गठबन्धनकाे संभावना छैन: नेपाल

 

सुर्खेत, १९  जेठ ।

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले नेकपा एमालेसंग एकीकरणा वा गठबन्धन कुनै संभव नरहेकाे बताउनुभएकाे छ। पार्टीकाे कार्यक्रममा सुर्खेत पुग्नुभएका अध्यक्ष नेपालले विहिबार विहान पत्रकारहरूसंग कुरा गर्दै यस्ताे बताउनुभएकाे हाे । वाम गठबन्धन र एमालेसंग एकीकरणकाे चर्चा साँचाे हाे? भन्ने सञ्चारकर्मीकाे प्रश्नमा अध्यक्ष नेपालले वाम गठबन्धन तत्काल संभव नरहेकाे प्रतिक्रया दिनुभयाे । एमालेलाई दक्षिणपन्थीकाे आराेप लगाउँदै अहिले सत्तारूढ दलहरूकाे गठबन्धन नै वाम गठबन्धन भएकाे जिकिर नेपालले गर्नुभयाे । अहिलेकाे गठबन्धन टुट्ने कुनै संभावना नरहेकाे पनि उहाँले बताउनुभएकाे छ । काँग्रेसलाई इगिंत गर्दै धेरै अहंकार नगर्न र अहंकार गरे भस्म हुने चेतावनी उहाँले दिनुभएकाे छ ।