साविक कर्णालीका पाँच जिल्लाका कुन स्थानीय तहमा कति बजेट ?

सुर्खेत, २१ जेठ (जागरण) । संघिय सरकारले साविक कर्णालीका ५ जिल्लाका स्थानीय तहहरुले आगामी आर्थिक वर्ष २०७९÷८० मा अन्तरसरकारी वित्तीय हस्तान्तरणमार्फत १० अर्बभन्दा धेरै बजेट छुट्याइएको छ ।
संघिय सरकारले पठाउने विभिन्न अनुदान मार्फत माथिल्लो कर्णालीका ३६ वटा स्थानीय तहको लागि १० अर्बभन्दा धेरै रकम पठाएको हो ।
जस अन्तरगत सबै भन्दा बढी बजेट कालिकोटमा छ भने सबै भन्दा रकम मुगुमा छ ।
नौ वटा स्थानीय तह रहेको कालिकोटमा २ अर्ब ७८ करोड ९१ लाख रकम प्राप्त भएको छ ।
जसमध्ये, खाँडाचक्र नगरपालिका ४१ करोड ९१ लाख, तिलागुफा नगरपालिकामा ३३ करोड ६६ लाख, रास्कोट नगरपालिकाले ३२ करोड ७१ लाख बजेट पाएको छन ।
यस्तै, पचालझरना गाउँपालिकाले २८ करोड ७१ लाख, सान्नी त्रिवेणी गाउँपालिकामा २८ करोड ५८ लाख, नरहरिनाथ गाउँपालिकामा ३७ करोड एक लाख, शुभ कालीका गाउँपालिकामा २९ करोड ९ लाख रकम पाउँदा महावै गाउँपालिकाले २० करोड २० लाख र पलाता गाउँपालिकाले २७ करोड ४ लाख रकम प्राप्त गरेका छन् ।
यस्तै, ८ स्थानीय तह र हेको जुम्लामा २ अर्ब ४७ करोड ५३ लाख रकम प्राप्त हुदा, चन्दननाथ नगरपालिकाले ४० करोड ४३ लाख, कनकासुन्दरी गाउँपालिकामा ३१ करोड ५५ लाख, सिंजा गाउँपालिकामा २७ करोड ५१ लाख, रकम पाएको छ भने हिमा गाउँपालिकामा २८ करोड १० लाख, तिला गाउँपालिकाले ३७ करोड ३७ लाख, गुठिचौर गाउँपालिकाले २० करोड ५२ लाख, तातोपानी गाउँपालिकाले ३१ करोड ५ लाख, पातारासी गाउँपालिकाले ३१ करोड रकम प्राप्त गरेका हुन् ।
यस्तै, ८ वटा नै स्थानीय तह हरेको डोल्पाका स्थानीय तहहरुले १ अर्ब ८६ करोड ९० लाख प्राप्त गरेका छन् ।
ठूली भेरी नगरपालिकाले ३१ करोड ७ लाख रकम पाउँदा त्रिपुरासुन्दरी नगरपालिकामा ३४ करोड, २१ लाख, डोल्पो बुद्ध गाउँपालिकाले १७ करोड ३९ लाख प्राप्त गरेको छ ।
यसैगरी, शे फोक्सुन्डो गाउँपालिकाले २२ करोड ६९ लाख, जगदुल्ला गाउँपालिकामा २३ करोड ६३ लाख, मुड्केचुला गाउँपालिकामो २२ करोड ३१ लाख, काईके गाउँपालिकाले १६ करोड ५८ लाख, छार्का ताङसोङले १९ करोड २ लाख रकम प्राप्त गरेका छन् ।
यस्तै, ७ स्थानीय तह रहेको हुम्लामा १ अर्ब ६८ करोड ७५ लाख रकम प्राप्त हुदा, सिमकोट गाउँपालिकाले ३२ करोड ८५ लाख, नाम्खा गाउँपालिकाले २० करोड २९ लाख, खार्पुनाथ गाउपालिकाले २४ करोड ३८ लाख बजेट पाउँदा , सर्केगाड गाउँपालिकाले ३१ करोड १२ लाख, चंखेली गाउँपालिकाले १९ करोड ३४ लाख, अदानचुली गाउँपालिकाले १९ करोड ७३ लाख, ताँजाकोट गाउँपालिकाले २१ करोड ४ लाख रकम प्राप्त गरेका छन् ।
यस्तै, ४ स्थानीय तह रहेको मुगुमा १ अर्ब ३९ करोड ६४ लाख मध्ये, छायाँनाथ रारा नगरपालिकाले ४६ करोड ४९ लाख, मुगुम कार्मारोंग गाउँपालिकाले २२ करोड ६६ लाख, सोरु गाउँपालिकाले ३० करोड ९८ लाख, खत्याड गाउँपालिकाले ३९ करोड ५१ लाख रकम प्राप्त गरेका छन् ।