सुर्खेत–दैलेख जोड्ने विद्युतको रुट् फेर्नुपर्छः साँसद् रावत (भिडियोसहित)

काठमाण्डौँ, ११ असार (जागरण) । सुर्खेत निर्वाचन क्षेत्र नम्बर–२ का सांसद नवराज रावतले विद्युत समस्या समाधान गर्न माग गर्नुभएको छ ।
प्रतिनीधि सभा बैठकमा उहाँले सामान्य कारणले विद्युत अनियमित हुँदा उद्योग, व्यवसायसँग आमनागरिकले सास्ती खेप्नु परेको बताउनुभयो ।
श्रम तथा रोजगार, गृह, परराष्ट्र, भौतिक योजना, प्रधानमन्त्रि तथा मन्त्रिपरिषद र उर्जा तथा जलस्रोत मन्त्रालयका लागि बजेट बिनियोजन प्रस्तावमा आफ्नो भनाई राख्दै उहाँले यस्तो बताउनुभयो ।
उहाँले सुर्खेतको विद्युत समस्या समाधानका लागि वीरेन्द्रनगरदेखि पश्चिम विजौरासम्मको ३३ केभी प्रशारण लाईन निर्माण गर्नुपर्ने माग सरकारसमक्ष राख्नुभएको छ ।
वीरेन्द्रनगरदेखि पश्चिममा विद्युतको प्रशारण लाइन विस्तारमा सरकारले १ करोड ५० लाख रुपैयाँ विनियोजन गरेको छ ।
सरकारले ग्रामिण क्षेत्रको विद्युत विस्तारका लागि विनियोजन गरेको बजेट सुर्खेतका लागि हातिको मुखमा जीरा जस्तै भएको बताउनुभयो ।
सुर्खेत निर्वाचन क्षेत्र नम्बर २ का ३१ वडाहरुमा विद्युत विस्तारका लागि ३१ करोड बजेट सरकारले विनियोजन गर्नुपर्ने माग राख्नुभयो ।
सामान्य हावाहुरी आएपछि सुर्खेतबासीले अन्धकारमा बस्नुपर्ने समस्या रहेको भन्दै कोहलपुर–सुर्खेत विद्युत प्रशारण लाइनको रुट परिवर्तन गर्न उहाँले माग गर्नुभयो ।

हेर्नुहोस् भिडियोः 

Posted by नवराज रावत on Monday, 25 June 2018