सुर्खेत, २४ जेठ ।
विश्व खाद्य स्वच्छता दिवसका अवसरमा कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा प्रभातफेरी गरिएको छ ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सुर्खेत र भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय कर्णाली प्रदेशको संयुक्त आयोजनामा मंगलबार विहान प्रभाव फेरी आयोजना गरिएको हो । विहान ७ बजे जिल्ला प्रशासन कार्यालय सुर्खेतबाट शुरु भएको प्रभातफेरी मंगलगढी चोक हुँदै पिपलचौतारी पुगेर कोणसभापछि समापन भएको थियो । कोणसभालाई सम्बोधन गर्दै भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री चन्द्रबहादुर शाहीले उत्पादनको प्रतिस्पर्धाका कारण खाद्यवस्तुमा रासायनिक पदार्थहरु मिसाउने होडबाजीकाले मानव स्वास्थ्यमा ठुलो असर पारेको भन्दै यसलाई रोक्न जरुरी रहेको बताउनुभयो । अखाद्यवस्तुको प्रयोगलाई रोक्न प्रदेशलाई अर्गानिक र पाङ्गारिक प्रदेश बनाउने अवधारणा अनुरुप सरकार अगाडि बढि रहेको उहाँले बतानुभयो । यस्तै सुर्खेतका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले व्यक्ति स्वस्थ भएमात्र सिङ्गो राष्ट्र स्वस्थ हुने भन्दै स्वस्थ्य हुनका लागि स्वच्छ खानपान आवश्यक रहेको बताउनुभयो । स्वच्छ सन्तुलित आहार, स्वस्थ जीवनको आधार’ भन्ने मुल नाराका साथ मंगलवार वीरेन्द्रनगरमा आयोजित विश्व खाद्य स्वच्छता दिवसको उधेश्य खाद्य स्वच्छता सम्बन्धी जनचेतना अभिबृद्धि गर्नु रहेको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका प्रमुख भेषबहादुर थापाले बताउनुभयो ।
तस्विरमा हेर्नुहाेस प्रभातफेरि