जिल्ला समन्वय समिति सुर्खेतको प्रमुखमा सुनार निर्वाचित

सुर्खेत, २७ जेठ (जागरण) । जिल्ला समन्वय समिति सुर्खेतको प्रमुखमा गंगाराम सुनार निर्वाचित हुनुभएको छ । शुक्रबार भएको निर्वाचनमा एमाले÷माओवादी गठबन्धनबाट एमालेका सुनार निर्वाचित हुनुभएको हो ।
सुनाले १० मत प्राप्त गर्नुभयो भने कांग्रेसबाट उम्मेदवार दिलिपकुमार वाग्लेले ८ मत पाउनुभएको छ ।
यस्तै, उपप्रमुखमा माओवादी केन्द्रबाट उम्मेदवार बनेका सचिनकुमार बडुवाल निर्वाचित हुनुभएको छ ।
सदस्यहरुमा एमालेका डिल्लीप्रसाद पाण्डे, पृथ्वीबहादुर बुढाक्षेत्री, चन्द्राकुमारी धामी, मिना मल्ल, सावित्रा टोमटो निर्वाचित हुनुभएको छ ।
यस्तै, माओवादीबाट शान्ति ताराम र तुलराम नेपाली निर्वाचित हुनुभएको छ ।