योजनासहित पालिका पुग्छन बालबालिका

सुर्खेत, २९ जेठ (जागरण) । स्थानीय तहको योजना तथा बजेट तर्जुमा गर्दा बालबालिकाको अर्थपूर्ण सहभागिता गराउने उद्धेश्यले आ.व.०७९र८० को लागि गुराँस गाउँपालिकाले बालभेला मार्फत बालबालिका लक्षित बजेट तथा योजना छनौट गरेको छ ।
विगतमा कोभिड १९ का कारण भच्र्युअल रुपमा भेला गर्दै आएको पालिकाले चालु आ.व.मा भने प्रत्यक्ष बाल भेलाको आयोजना गरी योजना छनौट तथा प्राथमिकिकरण गरेको हो ।

सबै वडाका बालबालिकाको सहभागीतामा आयोजना गरिएको बालभेलाबाट प्राथमिकिकरण भएका योजनाहरु बालबालिकाले पालिका अध्यक्ष टोवबहादुर बि.सि र उपाध्यक्ष शिवा खड्का सहित पालिकालाई हस्तान्तरण गरेका थिए ।
किशोरीलाई स्यानेटरी प्याड निर्माण तालिम, सबै विद्यालय घेरबार, बालमैत्री वडा घोषणा, बालक्लवको क्षमता विकास र जीवनउपयोगी सीप, बालविवाह, छाउपडी लगाएतका प्रथा न्यूनीकरण, माध्यामिक विद्यालयमा विज्ञान प्रयोगशाला, स्यानिटरी प्याड व्यवस्थापन सहितको शौचालय, बहुअपाँगता भएका बालबालिकालाई घरमै सिकाइ सहयोग, विद्यालयमा किशोर किशोरी सूचना केन्द्र स्थापना लगाएतका १० वटा योजनाहरुलाई बालबालिकाले मुख्य प्राथमिकता दिएका छन् ।
योजना पेश गरिसकेपछि जनप्रतिनिधिसँगको अन्तक्र्रियामा विद्यालयमा भएका समस्या, विषयगत र गुणस्तरीय शिक्षकको अभाव, खानेपानी र शौचालय लगाएतका विषयमा पनि पालिकाले ध्यान दिनुपर्ने बालबालिकाको आवाज थियो ।
बालभेलाबाट छनौट भई आएका योजनाहरुलाई पुरा गर्न पालिकाले प्रतिवद्धता जनाउनुपर्ने बालबालिकाले लिएको अडानपछि गाउपालिका अध्यक्ष टोप बि.सि.ले भने हाम्रो प्रमुख प्राथमिकता शिक्षालाई गुणस्तरीय बनाउनु हो । बालबालिकाले छनौट गरेका योजना पाँच वर्ष भित्र पुरा गर्ने वि.सि. ले प्रतिवद्धता जनाए ।
गाउकै सामान्य विद्यालयमा अध्ययन गरेको उनले आफ्नो विगत सुनाउदै कक्षा ७ सम्म गाउकै विद्यालयमा अध्ययन गरेको बताए ।
बालबालिकाहरुको लागि पालिकाले अभिभावकिय भूमिका निर्वाह गर्ने उनले बताए । विद्यालयमा कुनै पनि प्रकारको समस्या भए तत्काल जनप्रनिधिलाई फोन गर्न उनले आग्रह गरेका छन् ।
अधिकाँस बालबालिकाहरुले विद्यालय घेरवारलाई प्राथमिकता दिएकोमा पालिकाले ४३ लाख घेरबारमा खर्च गरिसकेको बताए । उक्त घेरवारको योजना पुरा भए नभएको आगामी दिनमा अनुगमन गरिने उनको भनाई थियो ।
बालबालिकालाई भेट्न गाउमै जानुपर्नेमा बालबालिका जनप्रतिनिधिलाई भेट्ना आएकोमा धन्यवाद दिदै गाउपालिका उपाध्यक्ष शिवा खड्काले स्थानीय तहको योजना तर्जुमा मार्फत बालबालिकाका समस्याको पहिचान, समस्याको समाधान र व्यक्तित्व विकासका साथै बालअधिकारको सुनिश्चित गर्न प्रतिवद्ध रहेको बताइन ।
बालभेला मार्फत छनौट भई प्राथमिकिकरण गरिएका योजनालाई बजेट विनियोजन तथा कार्यान्वयन गर्न गाउपालिकालाई बाल सञ्जालका सचिव प्रेम बि.क.ले आग्रह गरे ।
स्थानीय तहको योजना र बजेट तर्जुमा गर्दा सहभागितामुलक विधि अनुसार नागरिकको सहभागीतामा आधारित योजना तर्जुमा गर्दा दिगो विकास गर्न सम्भव हुने सोसेक नेपालका बालसंरक्षण संयोजक निर्मल अधिकारीले बताए ।