स्वरोजगारमुलक उद्यममा बढ्दो आकर्षण

नन्द कठायत ।
सुर्खेत, ३१ जेठ (जागरण) । पछिल्लो समय परम्परागत कृषि, रोजगारी गर्ने पुर्खाहरुको पेशालाई छोडेर उद्योगतर्फ होमिएका उद्यमीहरु आफ्नो मेहनतका कारण सफल भएका छन् ।
परम्परागत पेशा व्यवसाय छोडेर रोजगारीतर्फ नलागी आफै रोजगार सिर्जना गर्न लागेका उनीहरु अहिले सफल व्यवसायीका रुपमा पहिचान बनाउन पनि सफल भएका छन् ।
प्राय नागरिकमा गर्दै आएको पेशा व्यवसायलाई निरन्तरता दिने प्रचलन रहेको देखिन्छ । परम्परा व्यवसायलाई पर छाडेर उद्योगतर्फ लाग्ने उद्यमीहरु भने थोरै मात्र भेटिन्छन् । ती थोरै मध्येका कर्णालीका केही उद्यमीहरु छन् जो अहिले सफल व्यवसायीका रुपमा आफुलाई स्थापित गरेर समाजमा प्रेरणका स्रोतसमेत बन्न सफल छन् ।
घुम्टी व्यापारबाट उद्यमी बन्नुभएका जाजरकोटको कुशे गाँउपालिका–८ का मानबहादुर थापाको अहिले जलजला नेपाली हाते कागज उद्योक सञ्चालनमा छ । सामन्य लेखपट मात्रै गर्नुभएका थापा गरिब र न्यून परिवार भएकै कारण उच्च स्तरको शिक्षा पढ्न सक्ने अवस्था नहुदा उहाँ ३ वर्ष भारतमा बिताउनुभयो । तिन वर्षपछि नेपाल फर्कीनुभएका थापाले विभिन्न जिल्लामा पुगेर घुम्टी व्यापार गर्दै गर्दा २०५५ सालदेखि स्थानीय कच्चा प्रदार्थको संकलन गरी कागज उद्योक सञ्चालन गर्नुभयो ।
अहिले उहाँको उद्योगमा ७ जनाभन्दा बढीले रोजगारी पाएका छन् । जुन उद्योगले हाते कागज उत्पादन गरी बार्षीक ५ लाख सम्म आम्मदानी गर्दै आएको छ । आइतबार मात्रै उद्योग तथा उपभोक्ता हित संरक्षण निर्देशनालयले उत्कृष्ट उद्यमीकोरुपमा दुई लाख नगदसहीत सम्मन गरेको छ । उहाँले कुनै व्यावसाय गर्न चाहना भएका व्यक्ति अर्काको देशमा गएर पसिना बगानु भन्दा आफ्नै देशमा उद्योग गर्न सुझाव दिनुभयो ।
यस्तै, कुनै समय पुरुषको एकाधिकार रहेको उद्यम क्षेत्रमा पछिल्लो समय महिलाले राम्रो पकड जमाएका छन् । आर्थिक स्तरोन्नतिसँगै समाजका लागि केही गरौ भन्ने लक्ष्यका साथ उद्यममा पकड जमाउन सफल भएका हुन्, सर्खुेतकी एक उद्यमी महिला बसन्तीकुमारी अधिकारी । २०७२ सालमा छिमेकी लद्युवित्त संस्थाबाट २० हजार ऋण लिएर शुरुवात गर्नु भएकी बसन्ती व्यावसायिक रुपमा च्याउखेती र भौरी पालन व्या व्यावसाय गरेर एक सफल उद्यमी महिलाको रुपमा आफूलाई चिनाउन सफल हुनुभएको छ ।
उहाँलाई आर्थिक वर्ष २०७८÷७९ मा सुर्खेत जिल्ला भरीको सबै भन्दा राम्रो उत्कृष्ट उद्यमीको रुपमा पनि सम्मान गरेको छ । उहाँको उद्योगमा अहिले ३ जनालाई रोजगारी दिनुका साथै वार्षिक सात लाख रुपैया बचत गर्न सफल भएको उहाँ बताउनुहुन्छ ।
यस्ता, कर्णाली प्रदेश सरकारले भने उद्यमीहरुलाई तालिमको व्यावस्था गर्दै आएको जनाएको छ । उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयका सचिव मोहनदेव जोशीले उद्यमीहरुलाई आवश्यक अनूसार विभिन्न कार्यक्रम र सौलियतमा ऋीणको व्यवस्थ गर्ने गर्दै आएको बताउनुभया ।