कर्णाली बसपार्क निर्माण गरिने

सुर्खेत, १ असार (जागरण) । कर्णाली प्रदेश सरकारले कर्णाली बसपार्क निर्माण गर्ने भएको छ । आर्थिक मामिला तथा योजना मन्त्री विन्दमान विष्टले आर्थिक बर्ष २०७९/८० को लागि प्रदेशसभामा  बजेट भाषण गर्दै बसपार्क निर्माण गरिने बताउनुभएको हो । जसका लागि आवश्यक बजेटको व्यवस्थापन गरिएको छ ।