झापा, २८ फागुन (जागरण) । झापा गोल्डकप फुटवलको तेस्रो संस्करणको उपाधि विभागीय टोली त्रिभुवन आर्मी क्लबले हात पारेको छ ।
घरेलु मैदानमा झापा ११ लाई सडेन डेथमा पछि पार्दै आर्मीले उपाधि हात परेको हो । आर्मीले झापालाई सडेन डेथमा ८–७ गोल अन्तरले पराजित गरेको थियो ।
उपाधिसँगै त्रिभुवन आर्मीले १२ लाख ५१ हजार रुपैयाँ, ट्रफी र प्रमाणपत्र हात परेको छ ।
निर्धारित समयमा अन्य गोल हुन नसकेपछि १५ मिनेट अतिरिक्त समय थप भएको थियो । थपिएको अतिरिक्त समयमा पनि गोल हुन नसकेपछि खेल टाइवेकरमा पुगेको थियो ।
टाइवेकरमा पनि ३/३ को बराबरी भएपछि खेलको निर्णय सडन डेथमा पुगेको थियो । दुवै टोलीले १०/१० पेनाल्टी प्रहार गर्दा आर्मीले सडन डेथमा ८/७ ले बाजी मारेको हो ।
उपविजेता झापा ११ ले छ लाख रुपैयाँसहित ट्रफी हात परेको छ ।
प्रतियोगितामा झापाका मिडफिल्डर योगेश गुरुङ मष्ट भ्यालुएबल प्लेयर बन्नुभएको छ । उहाँले यामाहा कम्पनिको एउटा मोटरसाइकल प्राप्त
गर्नुभयो । त्यस्तै प्रतियोगिताका उत्कृष्ट गोलकिपर आर्मीका विकेश कुथु,उत्कृष्ट डिफेनडर झापाका देवेन्द्र तामाङ, उत्कृष्ट मिडफिल्डर आर्मीका सन्तोष तामाङ र बेष्ट कोच आर्मीका चुनबहादुर थापा घोषित हुनुभयो । उहाँहरुले प्रतिव्यक्ती ३१ हजार रुपैयाँ प्राप्त गर्नुभयो ।
त्यस्तै झापाका कर्ण लिम्बु हाइएष्ट स्कोरर हुँदै ५१ हजार रुपैयाँ प्राप्त गर्नुभयो । उहाँले प्रतियोगिताभर तीन गोल गर्नुभएको थियो ।