सुर्खेत, १२ असार (जागरण) । लागूऔषधको अवैध कारोबार र ओसार पसार नियन्त्रणका लागि प्रदेश सरकार कडा रुपमा प्रस्तुत हुने भएको छ । बालबालिका र किशोर किशोरीहरु दुव्र्यसनमा फस्न थालेपछि सरकारले सुर्खेतमा पुनस्र्थापना केन्द्र स्थापना गर्ने भएको छ ।
कर्णालीमा हालसम्म पुनस्र्थापना केन्द्र नहुँदा जटिलता उत्पन्न भएको भन्दै प्रदेश सरकारले तत्काल प्रदेशस्तरीय पुनस्र्थापना केन्द्र स्थापनाको तयारी थालेको हो ।
युवापुस्ता दुव्र्यसनको कुलतमा फस्नु दुखद भन्दै मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले युवालाई लक्षित गरेर कर्णालीमा १० वटा युवा तालिम केन्द्रसमेत स्थापना गरिने बताउनुभयो । लागु औषध ओसार पसार विरुद्धको अवसरमा आज वीरेन्द्रनगरमा आयोजित कार्यक्रममा मुख्यमन्त्री शाहीले यस्तो बताउनुभएको हो ।
प्रदेश सरकारले आगामी आर्थिक वर्षमा नै प्रदेशस्तरको पुनस्र्थापना केन्द्र निर्माणको काम सुरु हुने जनाएको छ । पुनःस्र्थापना केन्द्र निर्माणका लागि आवश्यक बजेटसमेत विनियोजन गरिएको सरकारको भनाई छ ।
यस्तै आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारीले कर्णालीलाई लागूऔषध निशेधित प्रदेश बनाउनका लागि प्रदेश सरकारले आवश्यक कदम चाल्ने बताउनुभयो ।
४६ जनाविरुद्ध मुद्दा
चालु आर्थिक वर्षमा मात्रै ४६ जनाविरुद्ध जिल्ला प्रहरी कार्यालयले लागूऔषधको कारोवार, प्रयोग र ओसारपसारको मुद्दा चलाएको छ ।
विभिन्न समयमा प्रहरीले उनीहरुलाई लागूऔषधसहित पक्राउ गरेको हो । जसअन्तर्गत दुईजना महिनालाई पनि पुर्पक्षका लागि थुनामा राखिएको छ । प्रहरीले पछिल्लो समय सुर्खेत लागूऔषध ओसारपसार र प्रयोगको केन्द्र बन्दै गएको जनाएको छ ।
विद्यालय उमेरका बालबालिका र सडक बालबालिका यसको दुव्र्यसनमा बढी फसेको प्रहरीको तथ्याकं छ । हाल सुर्खेतमा ६ सय ५० भन्दा बढी लागूऔषधका प्रयोगकर्ता रहेको प्रहरीको अनुमान छ ।