पिपलबोट सहकारीद्वारा आफ्नो बार्षिक उत्सवका अवसरमा अविभावकबिहिन बालबालिकालाई सहयोग

सुर्खेत, ५ असार (जागरण) । सुर्खेत वीरेन्द्रनगर नगरपालिका–४ भैरवस्थानमा रहेको पिपलबोट बचत तथा ऋण सहकारी संस्थाले आफ्नो स्थापना दिवसको अवसरमा अविभावकबिहिन बालबालिकाहरुलाई सहयोग गरेको छ ।
२० औं बार्षिक उत्सवको अवसरमा वीरेन्द्रनगर ४ मा रहेको साझा घर नेपालमा बस्दै आएका अभिभावक बिहिन वालबालिकालाई शैक्षिक सामाग्री तथा फलफुल बितरण गरेको हो ।
असार ३ गते साझा घर नेपालमा रहेका ५४ जना अभिभावक बिहिन वालवालिकालाई शैक्षिक सामाग्री तथा फलफुल बितरण गरिएको जनाएको छ ।
त्यसैगरी, संस्थाले स्थापना दिवसकै अवसर पारेर वीरेन्द्रनगर ४ का जनप्रतिनिधी, टोल बिकास संस्थाका प्रतिनिधिको सहितको सहभागितामा वीरेन्द्रनगरको रातोपुल हुदै कालुचोक सम्म सरसफाई समेत गरेको सहकारीका प्रवन्धक खनालले जानकारी दिनुभयो ।
छुट्टा छुट्टै कार्यक्रमका प्रमुख अतिथि वीरेन्द्रनगर ४ का वडा अधयक्ष शेर बहादुर के.सी.ले सरसफाई कार्यक्रमको उद्घाटन गर्नुभएको थियो भने साझा घर नेपालको कार्यक्रममा संस्थाका पुर्व अध्यक्ष एवं सल्लाहकार शिब प्रसाद सापकोटा रहनु भएको थियो ।
सरसफाई कार्यक्रमको अध्यक्षता संस्थाका उपाध्यक्ष मनिराम भण्डारीले गर्नु भएको थियो । यता, शैक्षिक सामाग्री बितरण कार्यक्रम संस्थाका सचिव गणेशमान खनालको नेतृत्वमा सम्पन्न गरिएको थियो ।
संस्थाले हरेक बर्ष आफ्नो बार्षिक उत्सवको अवसर पारेर समुदायमा आधारित कार्यक्रमहरु गर्दै आएको छ ।
कार्यक्रमको अध्यक्षता सहकारी संस्थाका सचिव गणेशमान खनालले गर्नुभएको थियो भने कार्यक्रमको सहजीकरण संस्थाका प्रबन्धक रमेश खनालकले गर्नुभएको थियो ।
कार्यक्रममा संस्थाका सदस्यहरु, समिति, सललाहकार समिति र उपसमितिका पदाधिकारीहरुको उल्लेख्य मात्रामा उपस्थिति रहेको थियो ।
वीरेन्द्रनगर नगरपालिका कार्यक्षेत्र बनाई वित्तीय कारोबार गर्दै आईरहेको संस्थाको हालसम्म शेयरपुँजी १ करोड,८४ लाख, बचत संकलन ११ करोड, ऋण लगानी १३ करोड ५० लाख,संस्थागत पुँजी १ करोड ४१ लाख र संस्थाको कुल वासलात १६ करोड ६५ लाख रहेको प्रबन्धक खनालले जानकारी दिनुभयो । संस्थामा हालसम्म महिला पुरुष गरी २,५ सय ५९ भन्दा बढि सदस्यहरु आबद्ध भएका छन ।