उच्च अदालत सुर्खेतले गर्याे लक्ष्य भन्दा १५० प्रतिशत बढी मुद्धा फछ्र्यौट


सुर्खेत, ५ असार ।
उच्च अदालत सुर्खेतले यस बर्ष लक्ष्य भन्दा १५० प्रतिशत बढी मुद्धा फछ्र्याैट गरेको छ ।
चालु आर्थिक वर्ष २०७९ असार मसान्त सम्ममा पाँच सय ६१ थान मुद्दा फछ्र्योट गर्ने लक्ष्य राखेकोमा जेष्ठ महिना सम्ममा ६ सय ७५ थान मुद्दा फछ्र्योट गरेको हो ।
जेष्ठ मसान्तसम्म लक्ष्य भन्दा एक सय १४ थान बढी मुद्दा फछ्र्योट गरेको उच्च अदालत सुर्खेतका रजिष्ट्रार अर्जुन प्रसाद कोइरालाले जानकारी दिनुभयो । उहाँका अनुसार चालु आर्थिक वर्षमा गत वर्ष फछ्र्योट हुन बाँकी रहेका दुई सय ६५ थान र चालु आर्थिक वर्षमा दर्ता भएको सात सय ४१ थान गरी जम्मा एक हजार ६ थान मुद्दा संख्या रहेकोमा ६ सय ७५ थान अर्थात कुल मुद्दाको ६७.१० प्रतिशत मुद्दा फछ्र्योट भएका छन् ।
यस्तै, उच्च अदालत सुर्खेतले २ वर्ष नाघेका कुनै मुद्दा बाँकी छैनन् भने गत वर्ष फछ्र्योट हुन नसकी बाँकी रहेका मुद्दा दुई सय ६५ थान मध्ये १६ थान मात्र मुद्दा फछ्र्योट हुन बाँकी रहेको रजिष्ट्रार कोइरालाले बताउनुभयो ।
बाँकी मुद्दा मध्ये अधिकांश मुद्दा ६ महिना भित्र दर्ता भएका मुद्दा नै रहेका उहाँले बताउनुभयो । अदालतमा ६ महिना भित्रका मुद्दा दुई सय २५ थान, ६ महिना नाघेका मुद्दा ९० थान, १२ महिना नाघेका मुद्दा ६ थान र १८ महिना नाघेका मुद्दा १० थान गरी तीन ३१ थान मुद्दाका रहेका छन् ।
गत वर्षको तुलनामा यस वर्ष पुनरावेदन दर्ता संख्या तुलनात्मक रुपमा निकै बढी रहेको भए पनि यस वर्ष फछ्र्योट दर निकै बढी रहेकोले पुराना मुद्दा सबै सकिएका अदालतको भनाई रहेको छ । न्यायधि र कर्मचारी तथा सम्बन्धित सबै निकायको सक्रियताले लक्ष्य भन्दा बढी मुद्धा फछ्र्याैट गर्न सफल भएको कायम मुकायम मुख्य न्यायधिश शेषराज शिवाकोटीले जानकारी दिनुभयो ।