स्काउटले नैतिकवान नागरिक निर्माण गर्छ: मुख्यमन्त्री शाही

जागरण
सुर्खेत, ५ असार
कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाहीले नैतिकवान नागरिक निर्माणका लागि बालकदेखि नै स्काउट भावनाकाे विकास गर्नुपर्ने बताउनुभयाे।
आइतबार वीरेन्द्रनगरमा आयाेजित स्काउट नेपालको ७१औं स्थापना दिवसकाे अवसरमा बोल्दै मुख्यमन्त्री शाहीले सानैदेखि स्काउट भावनाकाे विकास गर्न सके नैतिकवान नागरिक निर्माण हुने बताउनु भएकाे हाे। स्काउट कर्णाली प्रदेशका संरक्षक समेत रहनुभएका मुख्यमन्त्री शाहीले स्काउटमा ‘भोलि’ शव्द नहुने भन्दै स्काउटमा आवद्ध हुने सबैले यसकाे पालना गर्नेपर्नेमा जाेड दिनुभयाे । सामाजिक विकास मन्त्रि एवं प्रदेशका प्रमुख स्काउटर यज्ञबहादुर बुढाले कर्णालीमा स्काउटकाे वृद्धि विकासकाे लागि आवश्यक सहयाेग गर्ने बताउनुभयाे ।
यस्तै, नेपाल स्काउट कर्णाली प्रदेश संयोजक कमल बोहोराले कर्णाली प्रदेशमा स्काउट एक अवसरको रुपमा रहेको बताउनुभयाे । बोहोराले कर्णालीका धेरै युवाहरु स्काउट बने भने प्रदेशकाे विकासमा याेगदान पुग्ने बताउनुभयाे ।
स्थापना दिवसकाे अवसरमा स्काउट कर्णालीले कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाही र सामाजिक विकास मन्त्री यज्ञबहादुर बुढा (क्षेत्री)लाई दिक्षान्त गरेको छ । मुख्यमन्त्री स्काउट संरक्षक र सामाजिक विकास मन्त्री प्रमुख स्काउटर हुने व्यवस्था अनुसार दिक्षित गरिएको हाे।
यस्तै, स्थापना दिवसको अवसरमा कोभिड–१९ काे समयमा स्यंमसेवकका रुपमा काम गरेका एक सय १५ जनालाई कोभिड अवार्ड, बल्ड डोनेसन गरेका ७ जनालाई प्रमाण–पत्र र ईन्टरनेट सम्बन्धि तालिम लगेका २३ जनालाई ईन्टरनेट तालिम प्राप्त प्रमाण–पत्र वितरण समेत गरिएको छ