बालबालिकाको सवाल सञ्चार माध्यममा न्युन

सुर्खेत, ६ असार (जागरण) । बलबालिकाको सवालहरु आम सञ्चार माध्यमममा भनेअनुसार समेटिन नसकेको पाइएको छ ।
नेपाली आम सञ्चारमा बालबालिकाको सवाल र सम्बेदनशिलताका विषयमा चाइल्ड नेपालले अध्ययन गरेको मस्यौदामा सोमबार कर्णाली प्रदेश राजधानी सुर्खेतमा आयोजना गरिएको छलफलमा यस्तो जानकारी दिइएको हो ।
मध्यपश्चिम विश्वविद्यालयसँगको समन्वयमा चाइल्ड नेपालले आयोजना गरेको मस्यौदामाथीको छलफलमा त्रिभोवन विश्वविद्यालयमा सहायक प्रध्यापक डाक्टर कुन्दन अर्यालले ठुला मिडियाहरुमा बालबालिकाहरुको सवला  ६  प्रतिशत मात्रै समेटिएको जानकारी दिनुभयो ।
अध्यनको मस्यौदाको बारेमा जानकारी दिदै डाक्टर अर्यालले घटना प्रधान समाचार धेरै भएको तर खोजमुलक समाचारहरुमा बालबालिकाको सवालमा खास्सै प्रकाशित र प्रशारित नहुने गरेको जानकारी दिनुभयो ।
३ महिनासम्म प्रकाशन भएका ठुला मिडियाहरुको समाचारहरु हेर्दा बालबालिकाको सम्बेदशिलता र सवालहरु त्यती नउठेको र उठेका सवालहरुमा पनि गाइडलाइन प्रयोग नभएको उहाको भनाई छ । बालबालिका सम्बन्धि प्रकाशित समाचारमा २० प्रतिशत सम्म मात्रै बुझेर समाचार लेखिएको उहाले बताउनुभयो ।
उहाले अहिलेको युग अनुसार खोजमुलक पत्रकारितामा जोड दिनुपर्ने भन्दै बालबालिकाको सवाललाई प्रथामिकता दिनुपर्नेमा जोड अर्यालले दिनुभयो ।
चाइल्ड नेपालका कृष्ण सुवेधीले संचार माध्यमहरुमा बालबालिकाको सवाललाई जोड दिनुपर्ने भन्दै त्यसको लागि सञ्चारमाध्यमहरुसँग सहकार्य गर्न तयार रहेको बताउनुभयो ।
उहाले संविधानमा उल्लेखित बालबालिकाका हक अधिकार कार्यान्वयनमा जोड दिनुपर्ने बताउँदै बाल अधिकारका सुनिश्चित गर्न मिडियाको भुमीका धेरै हुने बताउनुभयो ।
छलफल कार्यक्रममा बोल्दै समाज जागरण केन्द्र स्याक नेपालका कार्यकारी निर्देशक टिकाराम आचार्यले बालवालिकाका मुद्दालाई अलि धेरै फोकस गर्न कर्णालीका सञ्चारकर्मीहरुलाई सुझाव दिनुभयो ।
उहाले पछिल्लो तथ्याङ्कले कर्णालीमा बालबिवाह गर्ने दर बढ्दै गएको बताउनुभयो । उहाले कर्णालीमा जम्मा बिवाहमध्य ५२ प्रतिशत बालबिवाह हुने गरेको तर पछिल्लो तथ्याङ्कमा त्यस्तो बिवाह ६८ प्रतिशत पुगेको जानकारी दिनुभयो ।
मध्यपश्चिम विश्वविद्यालयका उपकुलपती डाक्टर नन्द बहादुर सिंहले राज्यका सबै पक्ष बराबरी हैसियतमा हुनुपर्नेमा भन्दै एउटा पक्ष कमजोर हुने वित्तिकै समस्या पैदा हुने बताउनुभयो ।
उहाले नेपाली प्रेस जगतमा बालबालिकाको सवाल कम उठेको भन्दै विश्वविद्यालयमा बन्दै गरेको नयाँ कोर्षमा बालबलिकाको सवालहरु पनि समेटिने जानकारी दिनुभयो ।
छलफल कार्यक्रममा नेपाल पत्रकार महासंघ सुर्खेत शाखाका अध्यक्ष ललित बसेल, मध्यपश्चिम विश्वविद्यालयमा आमसञ्चार अध्यापन गराइरहेका उपप्रध्यापकहरुले पनि आफ्नै राय प्रस्तुत गरेका थिए ।