अधिकारकाे सही प्रयाेग नभए सिंहदरबारमा फिर्ता हुनसक्छ: कानुनमन्त्री काइराला


सुर्खेत, ६ असार ।
कानुन मन्त्री गाेविन्द शर्मा काेईरालाले सिंहदरबारबाट गाउँमा आएकाे अधिकार सहि प्रयाेग नभए फिर्ता हुनसक्ने बताउनुभएकाे छ ।
साेमबार वीरेन्द्रनगर नगरपालिकाले आयाेजना गरिएकाे अन्तरक्रिया कार्यक्रममा मन्त्रि काेइरालाले स्थानीय सरकारलाई प्राप्त अधिकार सहि ढंगले कार्यान्वयन गर्न आग्रह गर्नुभएकाे हाे । ‘संघियताले जे अवसर दिएकाे छ त्यसको सहि तरिकाले प्रयाेग हुन सकिरहेकाे छैन’ मन्त्रि शर्माले भन्नुभयाे,’एक दुई कार्यकाल यस्तै भयाे भने रिभ्यू भएर ट्रयाक ब्याक हुन्छाैंकी भन्ने डर छ त्यसैले संघीयतालाई सफल पार्ने स्थानीय सरकारकाे हात महत्वपूर्ण हुनेछ ।’ साथै मन्त्रि काेइरालाले कतिपय स्थानीय तहहरूले आवश्यकता भन्दा बढी कानुन बनाएकाे उल्लेख गर्दै कानुन बनाउनुभन्दा पहिला किन बनाउने भन्नेमा स्पष्ट हुनुपर्ने बताउनुभयाे । वीरेन्द्रनगर नगरपालिकाका प्रमुख माेहनमाया ढकालले कतिपय कानुनहरू संघ र प्रदेश सरकारले बनाउन ढिला गरेकाले स्थानीय तहलाई कानुन बनाउन अप्ठेराे बताउनुभयाे । साथै कानुन निर्माणका लागि स्थानीय सरकारलाई सहजीकरण गर्नुपर्ने बताउनुभयाे । कार्यक्रममा जिल्ला समन्वय समिति, वीरेन्द्रनगर नगरपालिकाका जनप्रतिनिधि, कर्मचारी र कानुन मन्त्रालयका सचिव लगायतकाेबीचमा अन्तरक्रिया भएकाे थियाे ।