जल तथा मौसम विज्ञान कार्यालय कोहलपुरको गाडी सुर्खेतमा दुर्घटना, एकजनाको मृत्यु

सुर्खेत, ८ असार (जागरण) । सुर्खेत दैलेख सडक खण्डको कपासे नजिकै बोलेरो जीप दुर्घटना भएको छ । वीरेन्द्रनगर नगरपालिका १४ रातानाङ्गलामा रहेको मौसमी राडरको मर्मतमा सकेर वीरेन्द्रनगरतर्फ फर्किदै गरेको जल तथा मौसम विज्ञान कार्यालय कोहलपुर बाँकेको गाडी कपासेदेखी माथि मोडमा दुर्घटनामा परेको हो ।
बा १ झ ८७८४ नम्बरको बोलेरो जीपमा सडकबाट करिव २० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका डिएसपी राम प्रसाद घर्तीले जानकारी दिनुभयो ।
उहाकाअनुसार दुर्घटजामा एक जनाको मृत्यु भएपनि उहाको पहिचान खुलेको छैन् । दुर्घटनामा चार जना घाइते छन् । उनीहरुको कर्णाली प्रदेश अस्पताल कालागाउँमा उपचार भइरहेको प्रहरीले जनाएको छ । घाइतेमध्य एकजनाको अवस्था गम्भिर रहेको जनाइएको छ ।
गाडीमा सवार एकजना बालक पनि रहेको र उनी काहाँ छन भन्ने जानकारी नआएको प्रहरीले जनाएको छ ।