मध्यपश्चिम विश्वविद्यालय दोस्रो दिक्षान्त समारोहको खर्च सार्वजनिक

जागरण,
सुर्खेत, ८ असार ।
मध्यपश्चिम विश्व विद्यालय सुर्खेतले दोस्रो दिक्षान्त समारोहको खर्च विवरण सार्वजनिक गरेको छ ।
समारोहको प्रचार प्रसार उपसमितिले बुधबार पत्रकार सम्मेलनको आयोजनागरी खर्च विवरण सार्बजनिक गरेको हो । समितिका संयोजक एवं मानविकीय तथा सामाजिक शास्त्र संकायका डीन लिलाधर तिवारीका अनुसार समारोहमा जम्मा ३७ लाख १ हजार ३३१ रुपैँया खर्च भएको छ । पारदर्शिता एवं सुशासनका लागि खर्च विवरण सार्वजनिक गरिएको उहाँले बताउनुभयो । विश्व नोवेल शान्ति पुरस्कार विजेता कैलाश सत्यार्थीको प्रमुख आतिथ्यता, सहकुलपति एवं शिक्षा विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलको अध्यक्षतामा २०७९ बैशाख ६ गते दिक्षान्त समारोह सम्पन्न भएको थियो ।