एसओएसजस्ता संस्थाहरुको खाँचो छ ः समन्वय प्रमुख सुनार


सुर्खेत, ९ असार ।
जिल्ला समन्वय समिति सुर्खेतका प्रमुख गंगाराम सुनारले एसओएस हर्मन माइनर जस्तै संस्थाहरुको खाँचो रहेको बताउनुभएको छ ।
अन्तर्राष्ट्रिय एसओएस हर्मन माइनर दिवसको अवसरमा बिहीबार एसओएस हर्मनमाइनर विद्यालय सुर्खेतमा आयोजना गरिएको कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख सुनारले यस्तो बताउनुभएको हो । एसओएसले अभिभावकविहिन बालबालिकाका महत्वपूर्ण योगदान गरेको उल्लेख गर्दै प्रमुख सुनारले असाहयहरुका लागि सेवाभावले काम गर्ने यस्ता संस्थाहरुको जरुरी रहेको बताउनुभयो । एसओएसको बृद्धि विकासका लागि आफ्नो तर्फबाट सक्दो सहयोग सम्वन्न गर्ने पनि उहाँले प्रतिबद्धता जनाउनुभएको छ ।
दिवसका अवसरमा एसओएसले सप्ताहव्यापी रुपमा विभिन्न क्रियाकलाप आयोजना गरिएको थियो । विद्यालय स्तरीय नृत्य, एसओएस हर्मन माइनर विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको निशुल्क स्वास्थ्य परीक्षण, म्याराथन, प्रदेश अस्पतालमा सरसफाइ लगायतका कार्यक्रम आयोजना गरिएको थियो ।