वीरेन्द्रनगरका नगर प्रमुख -उपप्रमुखलाई सम्मान

जागरण
सुर्खेत, २१ असार ।
नेपाल निजामति कर्मचारी संगठन वीरेन्द्रनगर कार्यसमिति र नेपाल राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ वीरेन्द्रनगर कार्यसमितिले वीरेन्द्रनगर नगरपालिकाकाका नव निर्वाचित प्रमुख र उपप्रमुखलाई सम्मान गरेकाे छ ।
प्रमुख माेहनमाया ढकाल र उपप्रमुख निलकण्ठ खनाललाई दुई संगठनले  संयुक्त रूपमा मंगलबार बधाई तथा सम्मान गरेका हुन् । कार्यक्रमम प्रमुख ढकालले जनप्रतिनिधिले अगाडि सारेकाे भिजन सफल बनाउन कर्मचाहीकाे महत्वपूर्ण भूमिका रहने बताउनु भयाे । उहाँले जनप्रतिनिधि र कर्मचारीबीच सहयाेग सहकार्य र सहअस्तित्वकाे वातावरण हुनुपर्नेमा जाेड दिनुभयाे । उपप्रमुख निलकण्ठ खनालले कसैकाे शीर नझुकाउनेगरी काम गर्ने भन्दै कर्मचारीहरूबाट इमानदारीपूर्वक सहयाेगकाे अपेक्षा गरेकाे बताउनुभयाे । कामका आधारमा मूल्यांकन हुने भन्दै समग्र कर्मचारीहरूका पीरमर्काहरूकाे पनि यथाेचित रूपमा समाधान गरिने उहाँले बताउनुभयाे ।
कार्यक्रममा पेशागत महासंघका कर्णाली प्रदेश इन्चार्ज डाेर प्रसाद उपाध्यायले पेशागत अनुशासनमावसी जनप्रतिनिधिलाई इमान्दारितापूर्वक सहयाेग गर्न आग्रह गर्नुभयाे । कतिपय ठाउँमा कर्मचारीमाथि अनावश्यक दवाब आउने गरेकाे उल्लेख गर्दै उहाँले जनप्रतिनिधि र कर्मचारी दुबै कानुन अनुसार चल्नु पर्नेमा जाेड दिनुभयाे ।
नेपाल निपाल निजामति संगठनका कर्णाली प्रदेश इन्चार्ज प्रर्यागराज शर्माले नेतृत्वलाई सफल बनाउन मर्यादामारही दत्त चित्त भएर काम गर्न कर्मचारीहरूलाई आग्रह गर्नुभयाे । राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ कर्णाली प्रदेशका अध्यक्ष अमर रानाले नेतृत्वले कर्मचारीका अप्ठेराहरूलाई सहजीकरण गर्नुपर्ने बताउनुभयाे । कार्यक्रममा नेपाल निजामती कर्मचारी संगठन कर्णाली प्रदेश अध्यक्ष टंक लामिछाने, जिल्ला अध्यक्ष हेमन्त चुनारा, नेपाल राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ सुर्खेतका अध्यक्ष हस्तराज गिरी लगायतकाे उपस्थिति रहेकाे थियाे । कार्यक्रम नेपाल राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ वीरेन्द्रनगरका अध्यक्ष नवीन सुनारले सञ्चालन गर्नुभएकाे थियाे भने संगठनका नगर कार्यसमिति अध्यक्ष रामलाल आचार्यकाे अध्यक्षतामा सम्पन्न भएकाे थियाे ।