सुर्खेत पञ्चपुरी नगरपालिकामा पहिरोमा पुरिएर एक जनाको मृत्यु

सुर्खेत, २२ असार (जागरण) । सुर्खेतको पञ्चपुरी नगरपालिकामा सुख्खा पहिरोमा पुरिएर एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । पञ्चपुरी नगरपालिका–७ डौरीखोला नजिक सुख्खा पहिरो गएको थियो ।
मृत्यु हुनेमा अछामको तुर्माखाँद गाउँपालिका–६ रानीवनकी ७८ वर्षीया अमृता जैसी रहनुभएको छ ।
घाइते भएकी त्यही ठाउँकी ७२ वर्षीय रती कामीलाई नेपाली सेनाको हेलिकप्टरबाट उद्दार गरि प्रदेश अस्पतालमा ल्याएर उपचार थालिएको सुर्खेतका प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजालले जानकारी दिनुभयो ।
जैसी र विक अछामबाट कैलाली जानका लागि बाटोमा हिँडिरहेका थिए ।