कालिकोटमा विप्लवका कार्यकर्ताले चलाए गाउँसभा

कालिकोट, १३ असार (जागरण) । नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले कालिकोटमा गाउँसभा संचालन गरेको छ । वर्तमान संघीय संरचना र अहिलेको शासन व्यवस्थालाई अस्वीकार गर्दै अर्धभुमिगत अवस्थामा रहेको नेकपाले कालिकोटको पलाँता गाउँपालिकाको आर्थिक वर्ष २०७५/७६ को प्रथम गाउँसभा संचालन गरेको हो ।
सभा संचालन हुँदै गर्दा नेकपामा नेता अनरुप विकले आफूहरुको केही प्रस्ताव पेश गर्ने समय मागेपछि बोल्ने समय दिईएको थियो ।
सभामा भाषण गर्दै भ्रष्टाचार मुक्त गाउँपालिका बनाउनुपर्ने, पार्टीको निर्णयानुसार आफुहरुले प्रस्ताव पेश गर्न लागेको नेता विकले बताउनुभयो ।
गाउँपालिकाका अध्यक्ष लक्ष्मण बमले प्रस्तावहरु सीधै हस्तान्तरण गर्न आग्रह गरेपनि नेकपाका नेताहरुले भाषण गरेरै आफ्ना प्रस्तावहरु सुनाएका थिए ।