योजना बनाउदा मन्त्रीहरुको छोराछोरी संलग्न भएको कर्णाली प्रदेशसभा सदस्यहरुको आरोप

सुर्खेत, २६ असार (जागरण) । कर्णाली प्रदेशको आर्थिक वर्ष २०७९÷८० को बजेटमाथि छलफल गर्ने क्रममा प्रदेशसभा सदस्यहरुले मन्त्रीका छोराछोरीहरु बजेटमा झल्किएको भन्दै आक्रोश व्यक्त गरेका छन् ।
प्रदेशसभा सदस्य राजु नेपालीले अधिकांश मन्त्रीहरुले छोराहरूलाई स्वकीयमा राखेको बताउँदै बजेटमाथि छोराहरू नै हाबी भएको बताउनुभयो ।
उहाले सांसदले दिएका योजनाहरु समावेश नगरेर छोराहरुले संकलन गरेका योजनाहरु मात्र समावेश गरेको गम्भिर आरोप लगाउनुभयो ।
प्रदेशसभामा बजेटमाथिको छलफलमा बोल्दै उहाले नीति विधिमा चल्नका लागि मन्त्रीका छोराछोरी बाधक भएको बताउनुभयो ।
भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्री, जलस्रोत तथा ऊर्जा विकास मन्त्री र सामाजिक विकास मन्त्रीका छोराहरू स्वकीय सचिव भएर काम गरिरहेको उहाको भनाई छ ।
यसैबिच, संघीय सरकारले राष्ट्रिय शोक घोषणा गरेको दिन हिजो कर्णाली प्रदेशसभा बैठक बसेको छ ।
संघिय सरकारले गरेको उक्त निर्णयलाई बेवास्था गर्दै प्रदेसभा बैठक संचालन गरिएको हो । राष्ट्रि शोकमा कुनैपनि सरकारी काम काज गर्न नपाइने प्रचलन छ । तर कर्णाली प्रदेश सभा भने निर्वाध रुपमा संचालन भयो ।
यता, प्रदेश सभा सचिवालयले भने यस विषयमा हेक्का पुग्न नसकेको स्वीकार गर्नुभएको छ ।
प्रदेश सभा सचिव जीवराज जीवराज बुढाथोकीले यस विषयमा हेक्का नभएको प्रतिक्रिया दिनुभयो ।
उहाले यस विषयमा कुनै छलफल नभएको बताइरहदा सभामुख राजबहादुर शाहीले भने सर्बदलिय बैठकमा यस विषयमा कुरा उठेको तर समयको अभाव कारण शोक घोषणा भएपनि बैठक चलाउनुपरेको बताउनुभयो ।
जापानका पूर्व प्रधानमन्त्री सिन्जो आबेको हत्या भएपछि नेपाल सरकारले शनिबार शोक मनाउने निर्णय गरेको थियो ।