रेक्चावासीको प्यास मेटाउने योजनामा वाधक बन्यो सडक

सुर्खेत, ३१ असार ।
सुर्खेतको चौकुने गाउँपालिका वडा नं. ५ को उत्तरी पहाडको टुप्पोमा समथर ठाउँ छ । त्यही समथर ठाउँमा अवस्थित छ रेक्चा गाउँ । वरिपरी हरियाली । तराइमा फल्ने आँप देखि हिमालमा फल्ने स्याउ अनि पहाडमा फल्ने सुन्तला आगनमा रोपिएका छन् । पूर्व तिर फर्किदा देखिने भेरी, कर्णाली नदिका साथै चौकुने र कैलालीको समथर भुभाग अनि पश्चिम तिर कर्णाली नदि एवं अछाम जिल्लाका मनोरम वस्तीहरु । बैशाख, जेठको गर्मीमा पनि सितल हावाले स्पर्श गर्छ रेक्चावासीलाई । तर रेक्चावासीलाई यी सबै आनन्द अनुभूति गर्न नदिने एउटै समस्या छ, खानेपानी । पानीको अभावले गर्दा रेक्चावासीलाई सधैँ पिरलो भैरहन्छ ।
‘ठाउँ राम्रो छ बस्नका लागि’ स्थानीय सुरजा देवकोटा भन्नुहुन्छ‘खानेपानीको साह्रै समस्या छ ।’ गाउँको बीचमा केही सार्वजनिक कुवा छन तिनै कुवाबाट पानी नापेर वाँडीचुडी प्रयोग गर्छन गाउवासीले । बर्षाको समयमा कुवामा पानी बढ्छ । असोज कात्तिकदेखि भने पानीको उपलब्धता घट्दै जान्छ । माघ फागुनदेखि बैशाख जेठसम्म खडेरीको समयमा पाले राखेर पानी सबैलाई बाडेर प्रयोग गर्दछन् । नजिक पानीका मुहान छैनन् । ‘बैशाख जेठमा कुवा सुक्छन त्यसबेला पानी लिन डेढ दुई घण्टासम्म हिडेर जानुपर्छ’ स्थानीय प्रकाश शाहीले भन्नुभयो,‘खानी पानीकै अभावले यहाँका मान्छे बसाइ सर्न बाध्य छन् ।’
रेक्चावासीलाई खानेपानी पु¥याउन संघीय सरकारसंगको साझेदारीमा चौकुने गाउँपालिकाले वेतनखोली–रेक्चा–पुच्छ्म लिफ्ट खानेपानी आयोजना सञ्चालन गरेको छ । बेतनखोलीको पानी लिफ्टबाट माथि ल्याएर रेक्चासहित नजिकका हाडाकाना, पुच्छ्म, वागमारा र रानागैरामा समेत खानेपानी पु¥याउने उक्त आयोजनाको लक्ष्य छ । आर्थिक बर्ष २०७७÷०७८ सुरु भएको उक्त आयोजना यही असारसम्म सकिसक्नुपर्ने समय थियो । ट्यांकी निर्माण, पाइपलाइन विछ्याउने लगायतका काम सकिएपनि आयोजना पूरा भएको छैन् । गाउँपालिकाका सव इन्जिनियर पदम विसीका अनुसार मुहानबाट गाउँसम्म पानी ल्याउनका दुई ठाउँमा रिजर्भ ट्यांकी निर्माण गरिएको छ । ती ट्यांकीमा पानी ल्याउनका लागि दुई वटा विद्युतीय ट्रान्सफर्मर आवश्यक पर्ने बुढाले जानकारी दिनुभयो ।
आयोजना निर्माणको जिम्मा रविन्द्र निर्माण कम्पनीले लिएको छ । आयोजनास्थलसम्म ट्रान्सफर्मर लिने बाटो नहुँदा सम्पन्न हुन नसकेको कम्पनीका रविन्द्र शाहीले बताउनुभयो । ‘अरु सबै काम भैसकेको छ’उहाँले भन्नुभयो,‘विद्युत ट्रान्सफर्मर किनेर रेक्चा गाउँसम्म पु¥याइसकेका छौँ तर आवश्यक ठाउँ सम्म लिने सडक नहुँदा लिन सकिएको छैन् ।’ अहिले रेक्चा गाउँसम्म मात्र सडक पुगेको छ । तर आयोजनाको मुहान भने गाउँदेखि करिब पाँच छ किलोमिटर टाढा छ । ट्रान्सफर्मर बोकेर लिन संभव नभएको भन्दै त्यहाँसम्म पुग्ने पहुँच मार्ग बनाइदिन कम्पनीले माग गरेकोछ । गाउँपालिकाका पूर्व अध्यक्ष धिरबहादुर शाही पनि पहुँच मार्गकै समस्याले आयोजना समयमा सम्पन्न हुन नसकेको बताउनुहुन्छ । भूगोल र वस्तुस्थिति हेर्दा पाँच छ किलो मिटर ट्रयाक्टर जानेसम्मको सडक बनाइदिन आवश्यक देखिएको पूर्व अध्यक्ष शाहीले बताउनुभयो ।


जिल्ला समन्वयकाे टाेलीद्वारा अनुगमन
जिल्ला समन्वय समिति सुर्खेतको टोलीले खानेपानी आयोजनास्थलको स्थलगत निरीक्षण गरेको छ । समवन्य प्रमुख गंगाराम सुनार, उपप्रमुख सचिन वडुवाल, कार्यालयका अधिकृत मेघनाथ सापकोटा लगायतको टोलीले असार ३० गते स्थलगत निरीक्षण गरेको हो । निरीक्षणपछि समन्वय प्रमुख सुनारले आयोजनास्थलसम्म पहुँच मार्ग पु¥याउन आवश्यक देखिएको बताउनुभएको छ । ‘आयोजनाको अधिकांस काम भैसकेको ट्रान्सफर्मर पु¥याउने नसकेर सम्पन्न नभएको देखिन्छ’ प्रमुख सुनारले भन्नुभयो,‘अब आयोजनालाई सम्पन्न गर्न पहुँचमार्ग पु¥याउने कुरामा स्थानीय प्रदेश र संघीय सरकारसंग समन्वय गर्नेछु ।’