गाउँपालिका महासंघ र गैसस महासंघको साझा प्रतिबद्धता

सुर्खेत, ८ साउन ।
गाउँपालिका महासंघ कर्णाली प्रदेश र यहाँका गैरसरकारी संस्थाबीच सहकार्य, समन्वय र सम्बन्ध विस्तार गर्ने साझा प्रतिबद्धता भएको छ ।
स्थानिय सरकार र नागरिक समाजसंगको अन्तरसम्बन्धको बारेमा साउन ७ र ८ गते बिरेन्द्रनगरमा भएको स्थानीय सरकार र नागरिक समाज वीच अन्तर सम्बन्धमा कार्यक्रमपछि उक्त प्रतिबद्धता गरिएको हो । पालिकाका अध्यक्ष उपाध्यक्ष र गैर सरकारी संस्था महासंघ कर्णाली प्रदेश, नागरिक समाज, निजि, सहकारी क्षेत्रको उपस्थितिमा प्रतिबद्धता गरिएको गैसस महासंघका केन्द्रीय सदस्य एवं कर्णाली प्रदेश इन्चार्ज घनश्याम केसीले बताउनुभयो ।