दैलेखको डुङ्गेश्वरमा चट्याङ लागेर १२ जना घाइते

जागरण
सुर्खेत ८ साउन । दैलेखमा चट्याङ लागेर डुङ्गेश्वर गाउँपालिका २ को सेर्माकोटमा १२ जना घाइते भएका छन् ।
स्थानीय रमेश सिंहलगायतको घरमा परेको चट्याङ लागेर १२ जना घाइते भएका वडाध्यक्ष यामबहादुर विष्टले बताउनुभयो । उहाँका अनुसार कोदो गोद्ने खेतालाहरू दिउँसको खाजा खाइरहेको अवस्थामा चट्याङ परेको थियो ।
घाइतेहरूलाई दैलेख अस्पताल पठाइएको उहाँले जानकारी दिनुभयो । चट्याङ लागेर केही खसी र गाई मरेका वडाध्यक्ष विष्टले बताउनुभयो ।