सुर्खेत,९ साउन ।
वीरेन्द्रनगर नगरपालिकाका प्रमुख माेहनमाया ढकाल र उपप्रमुख निलकण्ठ खनाल स्काउटबाट दीक्षित हुनुभएकाे छ ।
वीरेन्द्रनगर नगरपालिका स्काउट तदर्थ समितिले साेमबार एक समाराेहकाबीच नगर स्काउट संरक्षका रूपमा प्रमुख ढकाल र प्रमुख स्काउटरका रूपमा उपप्रमुख खनाललाई दीक्षित गरेकाे हाे । नेपाल स्काउट नियमावली २०७७ ले नगर स्काउटकाे नगरपालिका प्रमुख संरक्षक र उपप्रमुख प्रमुख स्काउटर हुने व्यवस्था गरेकाे छ ।
दीक्षान्त समाराेहमा बाेल्दै नगर प्रमुख ढकालले वीरेन्द्रनगरका बालबालिकाहरूलाई पढाईसंगै सामाजिकीकरण, राष्ट्र, राष्ट्रियता र नैतिक शिक्षाका कुरा सिकाउन उत्तिकै आवश्यक रहेकाे भन्दै स्काउटकाे माध्यमबाट यसलाई सिकाउन सकिने बताउनुभयाे । उहाँले विद्यालयमा स्काउटका कार्यक्रम प्राथमिकताका साथ सञ्चालन गर्ने पनि प्रतिवद्धता जनाउनुभयाे ।
शिक्षा शाखा युवा तथा खेलकुद शाखा प्रमुख धिरेन्द्र प्रसाद शर्माले विद्यालयमा स्काउटका गतिविधि सञ्चालन गर्ने प्रतिवद्धता जनाउनुभयाे । यस्तै स्काउट कर्णाली प्रदेशका प्रमुख कमल बाेहाेराले स्वंसेवि एवं अनुशासित नागरिक तयार गर्नका लागि स्काउट शिक्षा आवश्यक रहेकाे बताउनुभयाे । वीरेन्द्रनगर स्काउट तदर्थ समितिका अध्यक्ष निलकण्ठ गाैतमले वीरेन्द्रनगरका विद्यालयमा स्काउटका कार्यक्रम सञ्चालन गर्नका लागि नगरपालिकाबाट आवश्यक सहयाेगकाे अपेक्षा गरेकाे बताउनुभयाे ।