सहिद स्मृति दिवसका अवसरमा वृक्षारोपण

जागरण ।
सुर्खेत, १४ साउन ।
सहिद मनोज–झपेन्द्र–सुरेन्द्र स्मृति दिवसका अवसरमा शनिबार समौझीघाटस्थित निर्माणाधिन गौशाला आसपासमा बृक्षारोपण गरिएको छ ।
नेपाल निजामति कर्मचारी संगठन सुर्खेतको आयोजनामा बृक्षारोपणका साथै समौझीघाट क्षेत्रमा सरसफाइ गरिएको हो । कार्यक्रममा नेकपा एमाले कर्णाली प्रदेश समिति सदस्य एवं कर्णाली प्रदेशसभा सदस्य पद्मा खड्काको प्रमुख आतिथ्यता एवं निजामति कर्मचारी संगठन सुर्खेतका अध्यक्ष हेमन्त चुनाराको अध्यक्षतामा भएको थियो । साथै नेकपा एमाले सुर्खेतका उपाध्यक्ष कुलमणि देवकोटा, वीरेन्द्रनगर ११ का वडा अध्यक्ष खिमलाल देवकोटा, वीरेन्द्रनगर १० का अध्यक्ष डिलबहादुर रखाल, पेशागत महासंघका केन्द्रीय सदस्य शंकर भट्टाई, कर्मचारी संगठन कर्णाली प्रदेश अध्यक्ष टंकप्रकाश लामिछाने, देउती बज्यै सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष टोपबहादुर खड्का, शिक्षक महासंघ कर्णाली प्रदेशका अध्यक्ष देवेन्द्र प्रसाद अधिकारी लगायतको उपस्थिति रहेको थियो ।