चुली युवा क्लवकाे अध्यक्षमा रम्तेल

जागरण
सुर्खेत १४ साउन ।
चुली युवा क्लव चिङ्गाडकाे अध्यक्षमा माेतिराम रम्तेल चुनिनु भएकाे छ ।
चिङ्गाड गाउँपालिका ३ ठाँटी बजारमा शनिबार आयाेजित क्लवकाे चाैँथाे साधरणसभाबाट रमतेलकाे अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएकाे हाे । उपाध्यक्षमा  खगेन्द्र जिसी र  कृष्ण जिसी (कपिल) महासचिवमा प्रदिपजङ्ग राना सचिबमा प्रमोद जिसी र निर्मला आचार्य
एवं कोषाध्यक्षमा सीता जिसीसहित १७ सदस्यीय कार्यसमिति चयन भएकाे छ । साधारणसभाकाे उद्घाटन सत्र चिङ्गाड ३ का वडा अध्यक्ष वीरबहादुर जिसीकाे प्रमुख आतिथ्यता तथा निवर्तमान अध्यक्ष महेश जिसीकाे अध्यक्षतामा भएकाे थियाे । क्लवले खेलकुद शिक्षा स्वास्थ्य पर्यटन सुरक्षासम्बन्धी कार्यक्रमहरु सञ्चालन गर्दै आएकाे छ ।