निजामती कर्मचारी संगठन सुर्खेत समिति कर्णालीमै उत्कृष्ट


सुर्खेत,१६ साउन ।
नेपाल निजामति कर्मचारी संगठन जिल्ला समिति सुर्खेत कर्णाली प्रदेशमा उत्कष्ठ भएकाे छ ।
समितिकाे क्रियाशिलताका आधार संगठनकाे केन्द्रीय समितिले सुर्खेतलाई उत्कृष्ठ घाेषणा गरेकाे हने । सम्बन्धित प्रदेशमा उत्कृष्ठ जिल्ला छनाैट गरी केन्द्रीय समितिले आइतबार एक कार्यक्रमकाबीच सम्मान गरेकाे छ । मनाेज-झपेन्द्र-सुरेन्द्र सहिद स्मृति दिवसकाे सन्दर्भमा सँगठन केन्द्रीय समितिले सम्मान गरेकाे हाे । कार्यक्रमका प्रमुख अतिथि पूर्व सभामुख सुवासचन्द्र नेवाङबाट सुर्खेत कार्य समितिका अध्यक्ष हेमन्त चुनाराले सम्मानपत्र ग्रहण गर्नुभएकाे छ ।