मोटरसाइकलको ठक्करबाट मृत्यू भएपछि स्थानीय आन्दोलित

सुर्खेत, २१ साउन । सुर्खेत वीरेन्द्रनगरमा शुक्रबार मोटरसाइकलको ठक्करबाट महिलाको मृत्यु भएपछि स्थानीय आन्दोलित भएका छन ।
मृतक महिलाका आफन्तहरुले शनिबार आज आन्दोलन गर्दै केहीबेर यातायात सेवा समेत बन्द गरेका थिए ।
आफन्तहरुले पीडकलाई कारबाही र उचित क्षतीपूर्तीको माग गर्दै आन्दोलनमा उत्रिएका हुन ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका डिएसपी सुरज कार्कीले आफ्न्तहरुले केही बेर आन्दोलन गरेपनि अहिले स्थिति सामान्य रहेको जानकारी दिनुभयो ।
उहाले भन्नुभयो, ‘उहाँहरुले यातायात बन्द गर्ने खोज्नु भएको थियो, प्रहरीले दुई जनालाई पक्राउ समेत गरेको थियो, दुबै जनालाई सम्झाएर छोडिसकेका छौंँ । सवारी साधन पनि चलेका छन्, त्यस्तो कुनै समस्या छैन् ।’
शुक्रबार दिउँसो रत्न रनजमार्ग अन्तर्गत वीरेन्द्रनगरको बुदबुदीचौक नजिक बाटो काट्ने क्रममा लु ८५ प ५१६६ नम्बरको मोटरसाइकले महिलाले ठक्कर दिएको थियो ।
उक्त मोटरसाइकलको ठक्करबाट वीरेन्द्रनगर–१०, घर भएकी ४३ वर्षीया बालकुमारी नेपाली घाइते हुनुभएको थियो । उहको उपचारका क्रममा कर्णाली प्रदेश अस्पताल कालागाउँमा मृत्यु भएको थियो ।
प्रहरीले मोटरसाइकल चालक सुर्खेतकै भेरिगंगा नगरपालिका–११ का बिनोद खड्कालाई पक्राउ गरि आवश्यक कारवाही अगाडी बढाएको जनाएको छ ।