हुम्लामा एक सैनिकको चिप्लिएर मृत्यु

जागरण
सुर्खेत, २६साउन । हुम्लामा चिप्लिएर एक सैनिकको मृत्यु भएको छ । उहाँको बिहीबार बिहान ६ बजेको समयमा मृत्यु भएको हो ।
कर्णाली करिडोर निर्माणका लागि हुम्ला खार्पुनाथ गाउँपालिका–१ लालिबगरमा रहेको नेपाली सेनाको विकास कार्यदलमा कार्यरत एक सैनिकको मृत्यु भएको हो ।
कर्णाली करिडोर निर्माणका क्रममा चट्टाने भीर छिचोल्नका लागि बम विस्फोट गराउने मेसिन जाँच गर्न जाँदा चिप्लिएर प्राविधिक अमल्दार टिकाराम लामिछानेको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी सीता परियारले जानकारी दिनुभयो ।
उहाँ मेसिन भएको स्थानबाट एक सय मिटर तल खसेको प्रमुख जिल्ला परियारले जानकारी दिनुभयो । मेसिन जाँच गर्नका लागि उहाँसँगै पुगेका हरिराम विष्ट चिप्लिएपछि उहाँलाई बचाउन खोज्दा लामिछानेको मृत्यु भएको उहाँको भनाइ छ । घाइते विष्टको नेपालगन्जमा उपचार भइरहेको छ ।